९ वैशाख, सुर्खेत ।
सुर्खेतमा थप ८६ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।
सुर्खेतस्थित पशुपंक्षी अन्वेषण प्रयोगशालामा ८८ जनाको पीसीआर परीक्षण गर्दा ८६ जनामा कोरोना संक्रमण पुष्टि भएको जिल्ला जनस्वास्थ्य कार्यालयका प्रमुख चेतननिधि वाग्लेले जानकारी दिए ।
‘सुर्खेतका विभिन्न स्थानका ८८ जनाको पीसीआर परीक्षण गरेका थियौँ,’ उनले भने, ‘तीमध्ये ८६ जनाको रिपार्ट पोजेटिभ आएको छ ।’
यसअघि सुर्खेतमा १ सय २० जनामा कोरोना संक्रमण पुष्टि भएको थियो । सुर्खेतमा हाल २ सय ६ जनामा कोरोना संक्रमित छन् । कोरोना संक्रमितको संख्या बढ्दै गएपछि सुर्खेतका अस्पतालहरू पनि भरिन थालेको वाग्लेले बताए ।