क्रसर उद्योगी, जलविद्युत उत्पादक र व्यवसायीले आफ्नो अक्सिजन सिलिन्डर सरकारलाई दिने

२६ वैशाख, काठमाडौँ । क्रसर उद्योगी, जलविद्युत उत्पादक र ग्रिल व्यवसायीले आफूसँग भएका अक्सिजन सिलिन्डर सरकारलाई उपलब्ध गराउने घोषणा गरेका छन् ।

कोभिड–१९को महामारी बढ्दै गएपछि देशभर नै अक्सिजन सिलिन्डरको अभाव देखिएको छ ।

यसका कारण कतिपयले ज्यान समेत गुमाउन थालेपछि उद्योगी/व्यवसायीले घोषणा गरेर नै अक्सिजन सिलिन्डर सरकारलाई दिन सुरु गरेका हुन् ।

नेपाल क्रसर तथा खानी उद्योग महासंघले एक अपिल सार्वजनिक गर्दै राष्ट्रिय विपद्को यो समयमा आफ्नो उद्योगसँग रहेका सबै अक्सिजन सिलिन्डर स्थानीय सरकारमार्फत नेपाल सरकारलाई उपलब्ध गराउन आहृवान गरेको छ ।

महासंघले आफ्नो जिल्ला तथा प्रदेश संघमा रेकर्ड राखेर सबै उद्योगमा रहेका खाली तथा अक्सिजन भरिएका सिलिन्डर सरकारलाई उपलब्ध गराउन उद्योगीहरुलाई आह्वान गरेको छ ।

कोरोना भाइरसको दोस्रो लहर फैलिएसँगै भएको अक्सिजन अभावप्रति महासंघको ध्यानाकर्षण भएको महासचिव पुरुषोत्तम रेग्मीले बताएका छन् ।

रेग्मीका अनुसारका अहिले देशभर ६ सय हाराहारी क्रसर उद्योग दर्ता भएका छन् । एउटा उद्योगमा कम्तिमा २ देखि बढीमा १५–२० वटासम्म सिलिन्डर रहेको हुन्छ ।

महासंघले देशैभर रहेका उद्योगबाट अक्सिजन सिलिन्डर सरकारलाई दिने निर्णय गरेको हो । यसअनुसार देशभरबाट करिब ३ हजार देखि ३५ सयसम्म सिलिन्डर जम्मा हुने अपेक्षा गरिएको उनले जानकारी दिए ।

राजधानी र मूख्य शहर आसपासमै धेरैजसो क्रसर उद्योग रहेका कारण संकलनमा समेत समस्या नहुने उनको भनाई छ । रेग्मीले आफ्नो धादिङस्थित उद्योगमा रहेका ६ वटा सिलिन्डर स्थानीय तहमा हस्तान्तरण गरेको समेत जानकारी दिए ।

स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था (इप्पान)ले पनि महामारीमा जीवन रक्षा लागि जलविद्युत आयोजनाका वर्कसपहरुमा रहेका अक्सिजन सिलिन्डर उपलब्ध गराउन जलविद्युत आयोजनाहरुलाई निर्देशन दिएको छ ।

इप्पानका अध्यक्ष कृष्णप्रसाद आचार्यका अनुसार आयोजनाका ठेकदारले वेल्डिङ गर्न अक्सिजनका सिलिन्डर प्रयोग गर्ने गरेका छन् ।

उनका अनुसार थुप्रै आयोजनाले स्थानीय तहरुलाई सिलिन्डर जिम्मा लगाइसेकका छन् भने कतिपयले बुझाउने प्रक्रिया अघि बढाएका छन् । मान्छेले अक्सिजन नपाएर जीवन गुमाउनुपर्ने अवस्था नआओस् भनेर इप्पानले यस्तो आग्रह गरिएको बताएको छ ।

नेपाल ग्रिल तथा स्टिल व्यवसायी महासंघका अध्यक्ष मोहन कटुवालले आफूहरुसँग भएको अक्सिजन सिलिन्डर धमाधम बुझाइरहेको बताउँछन् ।

केहीदिनअघि सरकारसँग छलफल भएको र अक्सिजन सिलिन्डरको समस्या समाधान गर्ने विषयमा महासंघले पनि भूमिका खेल्ने प्रतिवद्धता जनाएको उनले सुनाए ।

सोहि प्रतिवद्धताअनुसार अहिले ग्रिल उद्योगहरुसँग भएको सिलिन्डर धमाधम बुझाउने काम भइरहेको अध्यक्ष कटुवालले बताए । मकवानपुर, पोखरा, नेपालगञ्ज लगायतका ठाउँहरुमा रहेका उद्योगहरुले बुझाइसकेको पनि उनले जानकारी दिए ।

उनका अनुसार अहिले साना ग्रिल उद्योगहरुमा १ सय ५० को हाराहारीमा सिलिन्डर रहेका छन् । ठूला उद्योगहरु भने १ हजारदेखि १ हजार २ सय हाराहारीमा सिलिन्डर रहेको महासंघको अनुमान छ ।

सबैलाई सिलिन्डर बुझाउन आग्रह गरिएको उनले सुनाए । आइतबार र सोमबारमा मात्रै ३ दर्जन बढी सिलिन्डर हस्तान्तरण हुने उनको विस्वास छ ।

उनका अनुसार उपत्यकाबाहिरकाले भने स्थानीय तह वा स्थानीय प्रशासनलाई बुझाइरहेका छन् । केहि केहि उद्योगहरुको भने चालु आर्थिक वर्षमै सक्नु पर्ने कामहरु भएका कारण अलिकति ढिला हुनसक्ने जस्तो देखिएको उनले बताए ।

भर्खरको समाचार

अपाचेपछि ‘एमक्यू–९ रिपर’ ड्रोन खसालेको इरानको दाबी

d7732478-ea7c-49c3-8151-49c529adf0ea

‘बा’,‘ओली–नोमिक्स’,‘राजनेता’, ‘युग पुरुष’ हुँदै ओली आउटसम्म

KP_oli_GWvsFkDBBI

अब पोखराबाट सिधै दुबई, दैनिक अन्तर्राष्ट्रिय उडान तय

pokhara-airport

बलोच उग्रवादी समूहलाई ‘फितना अल–हिन्दुस्तान’ भनेपछि…

Screenshot 2026-06-10 125253

प्रधानमन्त्री र अर्थमन्त्रीमाथि नियोजित घेराबन्दी ? कसले गर्यो ?

Finance Ministry_-199

अपाचे खसालेपछि इरानमा अमेरिकाको जवाफ, युएस ‘फिफ्थ फ्लिट’मा इरानी ड्रोन प्रहार

flags of USA and Iran

गृहमन्त्रीमा सुधन २.० : कोही खुशी, कोही दुःखी

719940633_1001084555844895_4744652334709059280_n

वर्षा गराउने प्रणाली पूर्वतिर सर्याे, विहानैदेखि झरी,सावधानी अपनाउन आग्रह

mausam-2075-12-18-768x388

फिफा विश्वकप २०२६ को प्रत्यक्ष प्रसारण डीगो एपमा हुने

dgo-logo

अन्तर्वार्ताको बिचमै ट्रम्प रिसाएर हिँडेपछि भाइरल

200927-donald-trump-jm-1433_2ecab3b8e6edbead73e1276361056151.fit-760w

सम्बन्धित समाचार

Scroll to Top