पोखरामा कोरोना संक्रमणबाट थप ११ जनाको मृत्यु

२६ वैशाख, पोखरा । पोखरामा कोरोना संक्रमणबाट थप ११ जनाको मृत्यु भएको छ । यससँगै गण्डकी प्रदेशमा कोरोना संक्रमणबाट मृत्‍यु हुनेको संख्या २६२ पुगेको छ ।

पोखरा महानगर १७ का ५३ वर्षीय पुरूषको वैशाख २६ गते बिहान साढे ५ बजेतिर गण्डकी मेडिकल कलेजमा मृत्‍यु भएको छ। उनलाई २० गते कोरोना संक्रमण देखिएको थियो ।

यस्तै रुपन्देही सिद्धार्थनगर नगरपालिका–८ का ६० वर्षीय पुरुषको गण्डकी मेडिकल कलेजमा उपचारको क्रममा वैशाख २५ गते राति साढे ११ बजे मृत्‍यु भएको छ । उनलाई वैशाख २३ गते कोरोना स्क्रमण पुष्टि भएको थियो ।

यस्तै स्याङ्जा वालिङ नगरपालिका– ३ का ४५ वर्षीय कोरोना संक्रमित पुरुषको उपचारको क्रममा पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा वैशाख २५ गते मृत्यु भएको छ । उनीलाई वैशाख २१ गते कोरोना संक्रमण पुष्टि भएको थियो।

यसैगरी वैशाख २५ गते पोखराको मेडिप्लस अस्पतालमा उपचाररत पोखरा महानगरपालिका–९की ३१ वर्षीया कोरोना संक्रमित महिलाको राति ११ः२२ बजे मृत्‍यु भएको छ । उनलाई वैशाख १८ गते कोरोना संक्रमण पुष्टि भएको थियो ।

यस्तै म्‍याग्दी, मालिका गाउँपालिका ५का ५८ वर्षीय पुरुषको उपचारको क्रममा मणिपाल शिक्षण अस्पतालमा वैशाख २४ गते साँझ सवा ६ बजे मृत्‍यु भएको छ । उनलाई वैशाख १८ गते कोरोना संक्रमण पुष्टि भएको थियो।

यस्तै पोखराको चरक मेमोरियल अस्पतालमा उपचारको क्रममा स्याङ्जा गल्याङ नगरपालिका –३की ६० वर्षीया कोरोना संक्रमित महिलाको मृत्‍यु भएको छ । उनलाई वैशाख २० गते कोरोना संक्रमण पुष्टि भएको थियो।

यस्तै पोखरा महानगरपालिका–२की ५८ वर्षीया कोरोना संक्रमित महिलाको वैशाख २४ गते साँझ ६ः२५ बजे गण्डकी मेढिकल कलेजमा उपचारको क्रममा मृत्‍यु भएको छ । उनलाई वैशाख २३ गते कोरोना संक्रमण पुष्टि भएको थियो।

पोखरा महानगरपालिका– २७का ५२ वर्षीय कोरोना संक्रमित पुरूषको उपचारको क्रममा गण्डकी मेडिकल कलेजमा विहान साढे ८ बजे मृत्यु भएको छ । उनमा वैशाख २३ गते कोरोना संक्रमण देखिएको थियो ।

यस्तै पोखरा महानगर–१९का ५८ वर्षीय कोरोना संक्रमित पुरुषको वैशाख २५ गते मणिपाल शिक्षण अस्पतालमा उपचारको क्रममा दिउँसो करिब २ बजे मृत्यु भएको छ ।

यस्तै पोखरा महानगरपालिका–१२की ३५ वर्षीया कोरोना संक्रमित महिलाको पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारको क्रममा वैशाख २५ गते राति ९ बजे मृत्‍यु भएको छ। उनलाई वैशाख १६ गते कोरोना संक्रमण पुष्टि भएको थियो भने कोभिड निमोनियाको पनि समस्या देखिएको थियो ।

यस्तै पर्वतको कुश्मा नगरपालिका–१३ का ४२ वर्षीय कोरोना संक्रमित पुरूषको पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारको क्रममा विहान ५ बजे मृत्यु भएको हो। उनलाई वैशाख २१ गते कोरोना संक्रमण पुष्टि भएको थियो साथै कोभिड निमोनियाको पनि समस्या देखिएको थियो ।

भर्खरको समाचार

फास्ट ट्रयाक निर्माण कछुवा गतिमा ,अर्थमन्त्रीले घटाइदिए बजेट

swarnim wagle

किन डुब्यो हेटौँडा सिमेन्ट ? बालेन सरकारले कसरीे बचाउला ?

Current situation of Hetauda Ciment factory at Hetauda. Photo: Prakash Chandra Timilsena/Nepal Photo Laibrary

निजामती सेवामा ५५ वर्षे उमेर हद र ३० वर्षे सेवा अवधि ?

nijamati

भारतीय जहाजमाथि अमेरिकी आक्रमण, दिल्लीको कडा निन्दा

e9ef0914-ad9b-45c9-94dd-676849c05cab

करका दर हेरफेरमा उच्चस्तरीय छानविन समिति बनाउन सांसद्हरूको माग

Finance Ministry_-199

आजदेखि विश्व फुटबलको महाकुम्भ,उद्घाटन समारोह कस्तो हुनेछ ?

c7150379-e5cf-4a4d-bbfb-d4ba2b610e48

आज कहाँ–कहाँ पर्छ पानी? २ दिन भारी वर्षा हुने

mausam-2075-12-18-768x388

भोलिदेखि फिफा विश्वकपः यी हुन् हेर्नलायक १० खेलाडी

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाली जति विदेशमा, देशमा विदेशीको विगविगी

cefeb795-445c-4f1e-ae54-06be5823b52f

हनीट्रयाप प्रकरणमा फसाउने महिलामात्र कि फस्ने पुरुष पनि दोषी ?

Screenshot 2026-06-10 155503

सम्बन्धित समाचार

Scroll to Top