×

NEPAL TIMES UPDATES

Playing
इरानमा नयाँ नेतृत्व चयन ट्रम्प बेचेन, तेहरानको भविष्य के होला ? || Nepal Times
Mar 06, 2026
Playing
लामो यु*द्धकालागि Iran तयारः IRGCले दियो नयाँ ह*तिया*रको चेतावनी || Nepal Times
Mar 06, 2026
Playing
BALENको क्रेजले बदल्यो नेपालको राजनीति, देशभर आँधीबेहरी || Nepal Times
Mar 06, 2026
Playing
अहिलेसम्म कसको जित, कहाँ को अगाडि ? || Nepal Times
Mar 06, 2026
Playing
रास्वापाको देशैभर अग्रताको संदेश के हो ? || Nepal Times
Mar 06, 2026
Playing
रास्वपालाई जनताले दिए मौका, रवि र बालेनको काँधमा जिम्मेवारी || Nepal Times
Mar 06, 2026
Playing
World News: उड्दा उड्दै Indiaको शुखोई बेपत्ता, Iranले झार्यो अमेरिकी लडाकु विमान || Nepal Times
Mar 06, 2026
Playing
सुध्रेको भनिएको कांग्रेसलाई जनताले पत्याएनन्, मतपरिणाम खस्कियो || Nepal Times
Mar 06, 2026
Playing
Top 15 Afternoon News || Mar-06-2026 || Nepal Times
Mar 06, 2026
Playing
रास्वपाले देशभर आँधी ल्यायो, जनताको अपार समर्थन || Nepal Times
Mar 06, 2026

इजरेलतर्फ थप रकेट प्रहार, युद्धको आशङ्का

३० बैशाख २०७८

३० वैशाख, बीबीसी ।
इजरेलको हवाई हमलामा आफ्ना केही वरिष्ठ कमाण्डरहरू मारिएको र गाजामा बहुतले भवन ध्वस्त भएपछि हमास विद्रोहीहरूले इजरेलमाथि दर्जनौँ रकेट प्रहार गरेका छन्।

दक्षिण इजरेलका कैयौँ ठाउँमा रकेट प्रहार भएको छ भने एक बालकको ज्यान गएको छ।

युद्धको आशङ्का

सङ्घर्ष चर्किएपछि संयुक्त राष्ट्रसङ्घले पूर्ण युद्ध हुनसक्ने चेतावनी दिएको छ।

सोमवारदेखि सङ्घर्ष निकै चर्किएपछि राष्ट्रसङ्घले त्यसले अब पूर्ण युद्धको अवस्था निम्त्याउन सक्ने चेतावनी दिएको थियो। सोमवारयता गाजामा १४ बालबालिकासहित ६५ जनाको ज्यान गइसकेको छ भने इजरेलमा सात जनाको ज्यान गएको छ।

हप्तौँदेखि इजरेल–प्यालेस्टाइनबीच पूर्वी जेरुसलेममा चर्किएको तनावपश्चात् लडाइँ सुरु भएको हो। मुस्लिम तथा यहुदी दुवैको पवित्र स्थल अल अक्सा मस्जिदमा पछिल्लो तनाव चर्किएको थियो।

इजरेलभित्रै हिंसा भड्कियो

इजरेलमा यहुदी तथा अरब समुदायको मिश्रित बसोबास भएका क्षेत्रहरूमा पनि थप हिंसा भड्किएका छन्।

ती हिंसाका कारण बुधवार साँझ ३७४ जनालाई पक्राउ गरिएको र आफ्ना ३६ जना अधिकारी घाइते भएको इजरेली प्रहरीले जनाएको छ।  विभिन्न नगरमा यहुदी तथा अरब इजरेलीहरू भिडको हमलामा परेका खबरहरू इजरेली सञ्चारमाध्यमले दिएका छन्।

त्यसमा आक्रे शहरमा एक यहुदी व्यक्ति अरबहरूको हातबाट घाइते भएको तथा बात याम शहरमा एक अरब पुरुषलाई दक्षिणपन्थी यहुदीहरूको भिडले गाडीबाट निकालेर कुटपिट गरेका जस्ता घटना रहेका छन्।

इजरेली राष्ट्रपति रूबेन रिभ्लिनले यहुदी तथा अरब इजरेलीहरूलाई अर्थहीन गृहयुद्धमा धकेलिने काम नगर्न अपील गरेका छन्।

अन्य धार्मिक तथा राजनीतिक नेताहरूले गरिरहेको शान्तिको कामनामा उनले आफ्नो बोली थपेका हुन्। प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले बुधवार राति बोल्दै शहरहरूमा शान्ति बहाल गर्न सैन्य फौज खटाउने बताए।

उनले ती हमलाहरूलाई अराजकताको सङ्ज्ञा दिए। अरब भिडले यहुदीमाथि हमला गर्नु वा यहुदी भिडले अरबमाथि हमला गर्नु दुवै स्वीकार्य नभएको उनले बताएका छन्।

राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरजले जारी हिंसाले आफू निकै चिन्तित भएको बताएका छन्। सुरक्षा परिषद्‌ले घटनाबारे छलफल गरे पनि कुनै वक्तव्य दिएको छैन।

अमेरिकी राष्ट्रपति जो बाइडनले नेतान्याहुलाई फोन गरेर इजरेलको सुरक्षाप्रति आफ्नो समर्थन रहेको भन्दै दिगो शान्ति पुनर्बहाली हुनपर्नेमा पनि जोड दिए।

भर्खरको समाचार

रास्वपालाई जनताले दिए मौका, रवि र बालेनको काँधमा जिम्मेवारी

830748cb-172c-4a36-ba9b-b3986da026ed

सुध्रेको भनिएको कांग्रेसलाई जनताले पत्याएनन्, मतपरिणाम खस्कियो

a83e78b6-e0d3-46a8-a6ee-ea43339ebf9a

प्रचण्ड बहुमतको बाटोमा रास्वपा, विश्वप्रकाशले स्वीकारे, कसले के भने ?

adcc99e8-45af-49b9-9154-fa42976a3483

रास्वपाको जितको खाता खुल्यो, रञ्जुले भत्काइन् कांग्रेसको किल्ला

Screenshot 2026-03-06 114343

प्रचण्ड र उदयशम्शेरले छम्किदैंछन् काँग्रेस र नेकपालाई पानी, एमालेको के छ ?

Screenshot 2026-03-06 110033

बालेनले ओलीलाई पछि पारे, रवि र सोविता पनि अघि , कुलमान पछि

Screenshot 2026-03-06 091716

रास्वपाको ३२ स्थानमा अग्रता, प्रतिस्पर्धी कांग्रेस ४, एमाले ३

MixCollage-06-Mar-2026-09-00-AM-865

रास्वपा ३२, कांग्रेस ४, एमाले ३ र नेकपा १ सिटमा अघि

Vote counting kathmandu 1-Nepal photo library-9

के दोलखामा मतपत्र लुटिएको हो ? कांग्रेसमाथि आरोप

10caf7ff-beed-4f31-ae64-f76da54f97a7

फाइनल प्रवेशका लागि भारत र इङ्ल्याण्ड खेल्दै

f98bc703-9037-4ebe-8a64-0a00ad80f8f8

सम्बन्धित खबरहरु

Scroll to Top