लेस्टर सिटीलाई पहिलो पटक एफए कप फुटबलको उपाधि

लेस्टर सिटीलाई पहिलो पटक एफए कप फुटबलको उपाधि

२ जेठ, काठमाडौं ।

एफए कप फुटबलको उपाधि लेस्टर सिटीले जितेको छ । गएराति बेलायतको वेम्बली रंगशालामा भएको खेलमा चेल्सीलाई १–० गोलले पराजित गर्दै लेस्टरले उपाधि जितेको हो ।

क्लब स्थापना भएको १३७ वर्षको इतिहासमा लेस्टरले पहिलो पटक उपाधि जितेको हो । लेस्टरको जितका लागि युरी टियलमेन्सले खेलको ६३ औं मिनेटमा गोल गरेका थिए ।

आठ पटक एफए कपको उपाधि जितिसकेको चेल्सीले नवौँ उपाधि जित्न भने असफल भएको हो । चेल्सीले म्यान्चेस्टर सिटी र लेस्टर सिटीले साउथह्याम्प्ट्नलाई हराएर फाइनलमा पुगेका थिए ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.