अमेरिकाले ८ करोड मात्रा कोरोना विरुद्धको खोप वितरण गर्ने

६ जेठ, एजेन्सी ।

अमेरिकाले निम्न र मध्यम आय भएका मुलुकलाई उच्च प्राथमिकतामा राखेर ८ करोड मात्रा कोरोना विरुद्धको खोप वितरण गर्ने बताएको छ ।

खोप सहयोगका लागि संसारभरबाट अनुरोध आएपछि कसलाई प्राथमिकता दिने भन्ने दबाबबीच अमेरिका निम्न र मध्यम आय भएका मुलुकलाई प्राथमिकतामा राख्न सैद्धान्तिक निष्कर्षमा पुगेको अन्तराष्ट्रिय संचार माध्यमहरुले जनाएका छन् ।

अमेरिकी विदेश मन्त्रालयको ग्लोबल कोभिड रेस्पोन्स एण्ड हेल्थ सेक्युरीका ग्याले इ स्मिथले अमेरिका मध्यम र निम्न आय भएका मुलुकलाई खोप दिने विषयमा केन्द्रित भएको बताए ।

उनले खोपको आपूर्तिका लागि जी–७ मुलुकहरुसँग कुराकानी गरिरहेको समेत उल्लेख गरे । पछिल्लो समय नेपाल लगायतका भारतका छिमेकी मुलुकमा बढ्दो संक्रमण र भ्याक्सिनको अभावका सम्बन्धमा अमेरिकाले विशेष चासो दिएको छ ।

विश्वको सबैभन्दा बढी खोप उत्पादन गर्ने मुलुक भारतले आफ्नो उत्पादन घरेलु प्रयोजनका लागि मात्र प्रयोग गरेपछि यतिबेला अमेरिकामाथि संसारभरीबाट दबाव छ ।

विश्वभरबाट माग बढेपछि अमेरिकाले खोप उत्पादनलाई बढाउने तयारी गरेको छ । पहिले ६ करोड मात्रा खोप उपलब्ध गराउने घोषणा गरेको अमेरिकाले थप दुई करोड वितरण गर्ने स्पष्ट गरिसकेको छ ।

भर्खरको समाचार

नेपाली जति विदेशमा, देशमा विदेशीको विगविगी

cefeb795-445c-4f1e-ae54-06be5823b52f

हनीट्रयाप प्रकरणमा फसाउने महिलामात्र कि फस्ने पुरुष पनि दोषी ?

Screenshot 2026-06-10 155503

दरबार हत्या काण्डको छानबिनमा तानिएलान् पूर्वराजा ज्ञानेन्द्र ?

Screenshot 2026-06-10 153959

अपाचेपछि ‘एमक्यू–९ रिपर’ ड्रोन खसालेको इरानको दाबी

d7732478-ea7c-49c3-8151-49c529adf0ea

‘बा’,‘ओली–नोमिक्स’,‘राजनेता’, ‘युग पुरुष’ हुँदै ओली आउटसम्म

KP_oli_GWvsFkDBBI

अब पोखराबाट सिधै दुबई, दैनिक अन्तर्राष्ट्रिय उडान तय

pokhara-airport

बलोच उग्रवादी समूहलाई ‘फितना अल–हिन्दुस्तान’ भनेपछि…

Screenshot 2026-06-10 125253

प्रधानमन्त्री र अर्थमन्त्रीमाथि नियोजित घेराबन्दी ? कसले गर्यो ?

Finance Ministry_-199

अपाचे खसालेपछि इरानमा अमेरिकाको जवाफ, युएस ‘फिफ्थ फ्लिट’मा इरानी ड्रोन प्रहार

flags of USA and Iran

गृहमन्त्रीमा सुधन २.० : कोही खुशी, कोही दुःखी

719940633_1001084555844895_4744652334709059280_n

सम्बन्धित समाचार

Scroll to Top