११ जेठ, काठमाडौँ ।
नेकपा एमालेकी नेतृ रामकुमारी झाँक्रीले पार्टीको कारबाहीबाट केही फरक नपर्ने बताएकी छिन् ।
सोमबार साँझ सामाजिक सञ्जालमार्फत नेतृ झाँक्रीले पार्टी अध्यक्ष केपी शर्मा ओली पक्षको एकलौटी कारबाहीले केही नगर्ने भन्दै व्यंग्यात्मक टिप्पणी गरेकी हुन् । ‘देउरालीको चौतारीमा हावा सरर, बगाएर लाने भो माया तिमीलाई बालै फरर…’ उनले लेखेकी छन् ।
सोमबार बालुवाटारमा बसेको स्थायी समिति बैठकले कांग्रेसका सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन र आफ्नो सरकार ढाल्न हस्ताक्षर गरेको आरोपमा बरिष्ठ नेताद्वय झलनाथ खनालसहित र माधवकुमार नेपालसहित ११ जना नेतालाई पार्टीको साधारण सदस्य समेत नरहने गरी कारबाही गर्ने निर्णय गरेको थियो । जसमा झाँक्री पनि परेकी छन् ।