×

NEPAL TIMES UPDATES

Playing
सर्वाेच्च प्रकरणमा बार आन्दोलित,लालटिन बालेर विरोध गर्ने|| Nepal Times
May 18, 2026
Playing
एमाले अब विद्याले हाँक्ने ? ओलीले झुकेरै दिए सदस्यता || Nepal Times
May 18, 2026
Playing
एकैदिन ३ सय ७८ जनाले फिर्ता पाए सहकारीको वचत || Nepal Times
May 18, 2026
Playing
Watch Top50 News Of The Day || Jestha-04-2083 || Nepal Times
May 18, 2026
Playing
जेनजी आन्दोलनबारे मानवअधिकार आयोगको प्रतिवेदन किन गुपचुप ?|| Nepal Times
May 18, 2026
Playing
इरान हान्न उडे अमेरिकी जहाज, इजरेलमा अखडा|| Nepal Times
May 18, 2026
Playing
Trumpको ध*म्कीपछि इरानी सडकमा मानव सागरः यु*द्ध गर्न तयार || Nepal Times
May 18, 2026
Playing
भारतले बालेन सरकारलाई असहयोग गरेको हो ? चिनी प्रतिबन्ध के हो ? || Nepal Times
May 18, 2026
Playing
उत्तर कोरियाको नयाँ सैन्य रणनीतिः सीमालाई किल्लामा बदल्ने || Nepal Times
May 18, 2026
Playing
World News: Iranमा नयाँ हम*ला*को तयारी,दर्जनौं अमेरिकी विमानIsrael पुगे|| Nepal Times
May 18, 2026

मजदुरी गर्न काठमाडौं छिरेका डीपीको सभामुखसम्मको यात्रा

२० चैत्र २०८२

२० चैत , काठमाण्डौ ।

प्रतिनिधि सभाको सभामुखमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उपसभापति डीपी अर्याल निर्विरोध निर्वाचित भएका छन्। २०४९ सालमा मजदुरी गर्न धादिङबाट काठमाडौं छिरेका डोलप्रसाद अर्याल (डिपी) राजनीति सुरू गरेको साढे ४२ महिनामै निर्विरोध रूपमा सभामुख बनेका छन् ।

Advertisement
Advertisement

फागुन २१ म सम्पन्न प्रतिनिधिसभामा निर्वाचन बाट रास्वपाका १८२ सांसद निर्वाचित भएका छन् । यो झन्डै दुई–तिहाइ हो। बिहीबार नै पार्टी संसदीय दलले अर्याललाई सभामुखको उम्मेदवार प्रस्ताव गरी पारित गरेसँगै उनी देशको चौथो सर्वोच्च पदमा पुग्ने निश्चित भएको थियो।

रास्वपाबाटै यसअघि नै बालेन्द्र शाह बालेन प्रधानमन्त्री बनिसकेका छन् । रास्वपा गठनपछि पार्टीको संस्थापक केन्द्रीय सदस्य र उपसभापतिसमेत बनेका अर्याल पार्टीभित्र सभापति रवि लामिछानेका विश्वास पात्र मानिन्छन् । रविका लागि अर्यालले पटक पटक सार्वजनिकस्थलमै आँशु खसालिसकेका छन् ।

अर्याल बालेन शाह वरिष्ठ नेता बन्नुपूर्व पार्टीमा रवि लामिछानेपछिको दोस्रो वरीयताका नेता थिए भने अर्का उपसभापति डा स्वर्णिम वाग्ले तेस्रो वरीयतामा रहेका थिए । अर्याल उनी पार्टी सभापति रवि लामिछाने नागरिकता विवादका कारण पदमुक्त हुँदा कार्यवाहक सभापति पनि बनेका थिए।

कार्यबहाक सभापति बन्दा पनि उनी रविको जानकारी र अनुमति विना कुनै निर्णयका पुग्दैन थिए । पार्टी सभापति लामिछानेको अभियोग राजनीतिक प्रतिशोध रहेको भन्दै यसमा जनमत बनाउन तथा अन्य राजनीतिक दल र सरकार समेतसँग त्यसबारे संवाद गर्न उनले भूमिका खेलेका थिए ।

धादिङको मैदीमा २०३१ भदौ ६ गते जन्मिएका अर्याल अर्याल २०४९ मा काठमाडौं छिरेका थिए । उनले सुरुवातमा रेस्टुरेन्टमा काम गरेका थिए । रेस्टुरेन्टको मजदुरीबाट अघि बढेर टुरिस्ट गाइड बनेका अर्याल अध्ययन र व्यवसायिक अनुभवका लागि जापान समेत पुगेका थिए ।

जापानबाट २०५८ मा स्वदेश फर्किएपछि उनी विप्रेषण क्षेत्रमा जोडिएका थिए। सुमिरे टुर्स एन्ड ट्राभल्स, योकोहामा जापानिज ल्याङ्ग्वेज इन्स्टिच्युट, हेम्स स्कुल लगायतमा उनी आवद्ध भएका थिए । रवि लामिछाने सँगको उनको भेट पनि व्यावसायिक प्रयोजनबाटै भएको थियो ।

रवि टेलिभिजनमा कार्यरत रहदा उनी अर्यालको व्यवसायको सद्भावना दूत बनेका थिए । सोही सम्बन्धले पछि उनीहरु रास्वपामा राजनीतिक सहकर्मी बन्न पुगेका थिए । रास्वपा गठनपछिको पहिलो २०७९को निर्वाचनमा अर्याल समानुपातिकबाट सांसद चुनिएका थिए ।

यस कार्यकालमा रास्वपा २ पटक सरकारमा जादा उनी छोटो कार्यकाल भएपनि दुबै पटक श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री बनेका थिए । फागुन २१ गते भएको प्रतिनिधिसभा निर्वाचनमा काठमाडौं क्षेत्र नम्बर ९ बाट निर्वाचित भएका छन् ।

बालेन्द्र नेतृत्वको सरकारमा उनी गृहमन्त्री बन्ने चर्चा भएपनि प्रधानमन्त्री बालेन्द्रसँगको सहमतिमै सुदन गुरुङ गृहमन्त्री बन्ने भएपछि अर्याल सभामुखका लागि छानिएका थिए । सभामुख व्यवस्थापिकाको प्रमुख पद हो। यो पद राज्यको शक्ति सन्तुलनसँग गाँसिएको हुन्छ।

त्यसैलाई कायम राख्न सभामुख निर्वाचित भइसकेपछि दलीय आबद्धताबाट अलग रहनुपर्ने हुन्छ। अर्याल पार्टीको उपसभापति पदमा बहाल रहन पाउने छैनन्। सभामुखमा एकल उम्मेदवारी परेपछि अर्याल निर्विरोध भएका हुन्। शुक्रबार दिउँसो २ बजेसम्म उम्मेदवारी दर्ताको समय तोकिएको थियो ।

तोकिएको समयभित्र अर्यालको मात्रै उम्मेदवारी परेको संघीय संसद् सचिवालयका प्रवक्ता एकराम गिरीले बताए। प्रवक्ता गिरीका अनुसार,अब चैत २२ गते बस्ने प्रतिनिधि सभाको बैठकमा सभामुखको उम्मेदवारीबारे प्रस्ताव पेश गरिनेछ। त्यसलाई प्रतिनिधि सभाको बैठकले पारित गरेपछि अर्याल सभामुख निर्वाचित भएको घोषणा गरिनेछ।

शुक्रबार दिउँसो अर्यालले उम्मेदवारी गरेका थिए। अर्यालको उम्मेदवारीको प्रस्तावक रास्वपा सभापति रवि लामिछाने र समर्थकमा सांसद स्वर्णिम वाग्ले, सोविता गौतम र सुनिल लम्साल रहेका छन् । संविधानअनुसार सभामुख सत्तापक्षको हुँदा उपसभामुख प्रतिपक्षलाई दिनुपर्ने कानुनी प्रावधान छ।

अहिले राष्ट्रिय स्वतन्त्र पार्टीले उपसभामुख कसलाई दिनेबारे छलफल जारी गरेको छ। राष्ट्रिय स्वतन्त्र पार्टीका दोस्रो तहका नेताले श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङ, राष्ट्रिय प्रजातन्त्र पार्टी संसदीय दलका नेता ज्ञानेन्द्र शाही र नेपाली कम्युनिस्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग उपसभामुखबारे छलफल गरिरहेका छन् ।

नेपाली कम्युनिस्ट पार्टीका संयोजक प्रचण्ड र राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेबीच फोन संवादमार्फत् उपसभामुखबारे छलफल भएको पुष्टि सांसदहरूले गरेका छन् । यस्तै श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङसँग पनि लामिछानेले उपसभामुखबारे छलफल गरेका थिए।

उता राप्रपासँग पनि रास्वपाले छलफल गरिरहेको छ। राप्रपा संसदीय दलका नेता शाहीले रास्वपाका लागि दुईतिहाइ पु¥याइदिन आफूहरू तयार रहेको बताइसकेका छन् । यी तीनै पार्टीका नेताहरूले आफ्नो पार्टीलाई उपसभामुख दिएमा रास्वपासँग मिलेर जाने योजना बनाएको नेताहरू बताउँछन्।

Advertisement
Advertisement

तर रास्वपा सभापति रविले भने सभामुख निर्वाचित भएपछि मात्रै उपसभामुखका विषयमा दलहरुसँग छलफल हुने बताएका छन् ।

भर्खरको समाचार

सम्बन्धित खबरहरु

Scroll to Top