×

Connection Required

Please add your YouTube API Key to the website code to load the latest videos.

शर्त पालना नगर्ने विमान कम्पनीलाई कारबाही हुने

११ असार २०७५

काठमाडौँ, असार ११

उडान तथा विशान (पार्किङ) का लागि लिएको अनुमतिको प्रावधान पालना नगरेकाले निजी वायु सेवा कम्पनीलाई नेपाल नागरिक उड्डयन प्राधिकरणले कारबाहीको दायरामा ल्याउने भएको छ ।

Advertisement

अनुमति लिँदा कुनै एक विमानस्थललाई आधार बनाएर उडान गर्ने भनिए पनि अधिकांश विमान काठमाडौँमा नै केन्द्रित भएपछि प्राधिकरण कारबाहीका लागि अग्रसर भएको हो ।

प्राधिकरणले यही असार १७ गतेभित्र तोकिएको शर्त पूरा नगर्ने विमान कम्पनीलाई कारबाही गर्ने आशयको पत्र पठाएको छ ।

प्राधिकरणका उपमहानिर्देशक राजन पोखरेलले वायु सेवा सञ्चालन प्रमाणपत्रमा उल्लेख भएअनुसारको शर्त पालना नगर्नेलाई कारबाही गरिने बताए ।

अधिकांश विमान कम्पनीले उपत्यका बाहिरका विमानस्थललाई बेस बनाएर उडाउने तथा बिसान गर्ने प्रतिबद्धता जनाएका छन् । तर सो प्रतिबद्धता पालना हुन सकेको छैन । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा विशानका लागि स्थान अभाव रहेको, जहाजको संख्या थपिँदै जाँदा उडान तथा अवतरणमा समेत समस्या पैदा भएको छ ।

विमानस्थलमा आन्तरिकतर्फ ३० वटा जहाज पार्किङ गर्न सकिन्छ । यस्तै अन्तर्राष्ट्रियतर्फ छवटा मात्रै विमान पार्किङ गर्न सकिने अवस्था छ ।

प्राधिकरणले उडान अनुमति लिँदा गर्छु भनेर जनाएको प्रतिबद्धता पालना गर्नुपर्ने र त्यसमा कुनै पनि तलमाथि हुन नसक्ने जनाएको छ । नयाँ नियमानुसार बुद्ध एयरले विराटनगर विमानस्थलमा पार्किङ गर्नुपर्नेछ । यस्तै श्री एयरलाइन्सको जहाज नेपालगञ्ज विमानस्थलमा पार्किङ गर्नुपर्नेछ ।

यस्तै उडान तथा अवतरणलाई व्यवस्थित बनाउन निजी वायुसेवा प्रदायकलाई जिम्मेवार बनाउन लागिएको प्राधिकरणले जनाएको छ ।

उपमहानिर्देशक पोखरेलले भने, “एओसीप्राप्ति कुन सर्तमा छ र उनीहरुले त्यो पालना गरेका छन् की छैनन्, यदि नगरेका भए अब कारबाहीको भागिदार बन्नुपर्छ ।”

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलले पनि यही असार १७ गतेदेखि लागू हुनेगरी सम्बन्धित विमान कम्पनीलाई परिपत्र गरेको छ ।

परिपत्रलाई अटेरी गरे सम्बन्धित विमान कम्पनीको उडान रद्द गरिनेछ । जस्तो कुनै वायुसेवा कम्पनीले चार वटा विमानमध्ये दुई वटा उपत्यका बाहिर क्षेत्रीय बेस बनाउने भनेर अनुमति लिएको छ भने सोहीअनुसार नै नियम पालना गर्नुपर्छ ।

निजी वायुसेवा प्रदायले पनि प्राधिकरणको नियमलाई भने कार्यान्वयन गर्ने प्रतिबद्धता जनाएका छन् । उनीहरुले विमानस्थलको अवस्था, पार्किङ क्षमता र उडान तथा अवतरणको अवस्थालाई हरेर नै प्राधिकरणले परिपत्र गरेको भन्दै यसको पालना गर्ने जनाएका हुन् ।

यति एयरलाइन्सका व्यवस्थापक भीमराज राईका अनुसार अहिले आफूहरुको आठ विमान रहेको र ती सबै विमान सबै काठमाडौँमै पार्किङ गर्ने अनुमति लिएको बताए ।

“सहजीकरणका लागि केही विमान उपत्यका बाहिर पनि पार्किङ गर्न सकिन्छ, त्यसमा कुनै पनि प्रकारको समस्या छैन”, व्यवस्थापक राईले भने ।

यति एयरको छ वटा जेटस्ट्रिम र दुई एटीआर विमान छन् । थप विमानका सम्बन्धमा प्राधिकरणले जुन खालको स्वीकृति दिन्छ सोहीअनुसार व्यवस्थापन गरिने व्यवस्थापक राईको भनाइ छ ।

बुद्ध एयरका बजार निर्देशक रुपेश जोशीले आफ्ना कम्पनीका सबै विमानको बेस काठमाडौँ नै रहेको बताए । आगामी दिनमा विमान थपिएको अवस्थामा एओसीको मापदण्डअनुसार विमान व्यवस्थापन गरिने उनको भनाइ छ ।

बुद्ध एयरसँग हाल थपिन लागेको एक विमानसँगै नौ वटा एटीआर र दुई जेटस्ट्रीम विमान छन । यीमध्ये ६ एटीआर–७२ र दुई एटीआर–४२ विमान छन् ।

श्री एयरलाइन्सका प्रबन्धक अनिल मानन्धरले आफ्ना चार विमानमध्ये दुई वटा जहाजको बेस काठमाडौँ र दुईको उपत्यका बाहिर रहेको बताए ।

उपत्यका बाहिर बेस रहने गरी अनुमति लिएका दुई विमान सोही स्थानमा नै पार्किङ गरिने मानन्धरको भनाइ छ ।

उनका अनुसार विराटनगर या नेपालगञ्जमध्ये एक गन्तब्यमा उडान बेस बनाइने र त्यसका लागि प्रक्रिया थालिएको छ । श्री एयरलाइन्ससँग ७० सिट क्षमताका दुई र ५० सिट क्षमताका दुई गरी चार जेट इञ्जिन विमान छन् ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल उडान सञ्चालन विभागका प्रमुख सुरेशमान सिंहले पनि असार १७ गतेदेखि लागू हुने गरी विमान कम्पनीलाई पत्राचार गरिएको र बाध्यकारीरुपमा कार्यान्वयन गर्नैपर्ने बताए ।

अनुमति लिँदा जुन विधि र शर्त पालना गर्छौं भनेर प्रतिबद्धता जनाएका छन्, त्यो पालना हुनैपर्ने सिंहको भनाइ छ । उनले भने, “जुन विमान कम्पनीले जुन स्थानका लागि भनेर स्वीकृति लिएको छ, सोही स्थानबाट उडान तथा अवतरण गर्ने नियम पालना गर्नैपर्छ, त्यसमा तलमाथि हुन सक्दैन ।”
रासस

Advertisement

भर्खरको समाचार

रविले खोलेको सिंहदरबारको ढोका बालेनले थुनिदिए

singhdarbar

ओली र लेखक रिहा, पत्नीले लिए जिम्मा, ओलीले हिरासत अस्पतालमै कटाए

Sudhan Gurung Grihamantri_NPL (3)

सिंगापुर र हङकङमा देउवा, उपचार कि सम्पत्ति व्यवस्थापन ?

deuba-aarju

ओली–लेखकको हिरासत म्याद आज सकिँदै, रिहा होलान् ?

oli lekhak

आज हावाहुरीसहित वर्षा र हिमपात, ४ जिल्लामा चट्याङसहित वर्षा

Mausam

कुनैपनि बेला युद्धविराम भंग हुन् सक्ने, लेबनानमा २५४ जना मारिए

trump

इरानी जनताको अभूतपूर्व एकता, जसले ट्रम्पलाई झुकायो,रातभर जाग्राम

US-Iran-1

देउवा दम्पतीविरूद्ध पक्राउ पुर्जी जारी, हङकङत्रबाट कसरी पक्राउ पर्छन?

deuba-aarju

‘संविधान संशोधन कार्यदल’को पहिलो बैठक आजः को को सहभागी हुँदैछन् ?

Screenshot 2026-04-08 140934

इजरेलमा रहेका नेपालीलाई ‘अत्यन्त जरुरी’ सूचना

Screenshot 2026-04-08 130237

सम्बन्धित खबरहरु

Scroll to Top