काठमाण्डौको मौसम आंशिक बद्ली स् सुदूरपश्चिम, प्रदेश-१ र २ मा हल्का वर्षा

१५ जेठ ७८, आइतबार

१६ जेठ, काठमाडौं ।

Advertisement

अहिले काठमाण्डौ उपत्यकासहित देशका धेरैजसो ठाउँको मौसम आंशिकदेखि सामान्य बद्ली भएको छ । तर, सुदूरपश्चिम, प्रदेश–१ र २ का केही ठाउँमा भने हल्का पानी परिरहेको मौसमविद्ले बताएका छन् ।

काठमाण्डौ उपत्यकासहित आसपासका क्षेत्रमा अहिले घाम लागे पनि दिउँसोपछि मौसम बद्ली हुने मौसमविद् शान्ति कँडेलले बताए ।

Advertisement

उनका अनुसार दिउँसोपछि उपत्यकासहित केही ठाउँमा पनि पानी पर्ने सम्भावना छ ।

प्रदेश–१ र २ का केही ठाउँमा भने ठूलो वर्षाको सम्भावना रहेको छ । यस्तै, आजराति पनि देशभर मौसम बद्ली रहने छ । भोलि र पर्सिको मौसम पनि यस्तै रहेको मौसमविद्ले बताएका छन् ।

Advertisement
Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top