अवैध रुपपमा नदीजन्य पदार्थ निकाल्ने सवारी नियन्त्रणमा

अवैध रुपपमा नदीजन्य पदार्थ निकाल्ने सवारी नियन्त्रणमा

मोरङ, असार १४
मोरङको सुन्दरहरैचा नगरपालिका–६ खदम खोलाबाट अवैध रुपमा नदीजन्य पदार्थ निकाल्ने ६ वटा ट्याक्टरलाई प्रहरीले नियन्त्रणमा लिएको छ।

प्रहरी चौकी गछियाबाट खटिएको टोलीले खोलाबाट अबैध रुपमा ढुंगा बालुवा निकाली ओसार्दै गरेको अवस्थामा को २ त ५३९४, को २ त २२७८, को २ त ७३३९, को २ त ३८०१, को २ त ५६७८ र को २ त ५९०७ नम्बरको ट्याक्टरलाई बुधबार साँझ नियन्त्रणमा लिएको हो।

बरामद ट्याक्टरहरुको आवश्यक अनुसन्धान चलिरहेको र अनुसन्धान पश्चात कारबाहीका लागी सम्बन्धित निकायमा बुझाइने प्रहरीले जनाएको छ ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.