दैलेखमा असार १० गतेसम्मका लागि निषेधाज्ञा लम्ब्याइयो

३१ जेष्ठ, दैलेख । दैलेखमा असार १० गतेसम्मका लागि निषेधाज्ञा लम्ब्याइएको छ ।

Advertisement

प्रमुख जिल्ला अधिकारी हरि प्याकुरेलको अध्यक्षतामा बसेको कोभिड–१९ सङ्कट व्यवस्थापन केन्द्रको बैठकले असार १० गतेसम्मका लागि निषेधाज्ञालाई निरन्तरता दिने निर्णय गरेको हो।

आज राति १२ बजेदेखि असार १० गते राति १२ बजेसम्मका लागि निषेधाज्ञा थप गरिएको प्रजिअ प्याकुरेलले बताए।

Advertisement

यही जेठ २१ ग्तेदेखि जारी निषेधाज्ञा पुनः थप गरिएको हो।

दिनहुँ सङ्क्रमितको सङ्ख्या बढ्दै गइरहेकाले सङ्क्रमण रोकथामका लागि पुनः निषेधाज्ञा थप गरिएको उनले बताए।

Advertisement

अहिलेको निषेधाज्ञामा पहिलेभन्दा थोरै खुकुलो पारिएको छ। दैनिक उपभोग्यवस्तु किनमेल गर्न बिहान ६ बजेदेखि दिउँसो १२ बजेसम्म खाद्य पसल खुल्ने छन्। त्यस्तै बैंक पनि खुला रहनेछन्। (रासस)

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top