कैलालीमा केही खुकुलो बनाएर थप एक साता निषेधाज्ञा लम्ब्याइयो

३१ जेष्ठ, धनगढी । कैलालीमा केही खुकुलो बनाएर एक साता निषेधाज्ञा लम्ब्याइएको छ ।

Advertisement

जिल्ला कोभिड संकट व्यवस्थापन केन्द्रको सुझावका आधारमा असार ७ गते राति १२ बजेसम्म खुकुलो बनाएर निषेधाज्ञा थपिएको जिल्ला प्रशासन कार्यालयका सूचना अधिकारी शिवराज जोशीले जानकारी दिए ।

यो अवधिमा अत्यावश्यक सेवा प्रवाह गर्ने सरकारी कार्यालय, सार्वजनिक संस्थानबाहेकका सरकारी कार्यालय, सार्वजनिक निकायका सबै प्रकारका सेवा बन्द रहने तर सीमित कर्मचारी राखेर कार्यालय सञ्चालन गर्न सकिने प्रमुख जिल्ला अधिकारी खगेन्द्रप्रसाद रिजालद्वारा जारी आदेशमा उल्लेख छ ।

Advertisement

बैँक तथा वित्तीय संस्थाले बिहान ८ बजेदेखि १२ बजेसम्म खोल्न पाइनेछ ।

खाद्य सामग्रीका पसल, निर्माण सामग्री, हार्डवयर, इलेक्ट्रोनिक, भाँडा पसल, पुस्तक पसल स्टेशनरी, फेन्सी पसल बिहान ६ देखि ११ बजेसम्म सञ्चालन गर्न सकिने सूचनामा उल्लेख छ ।

Advertisement

बढीमा ३ जना कर्मचारी राखेर बिहान ८ देखि साँझ ६ बजेसम्म वर्कसप सञ्चालन गर्न सकिने छ ।

होटल रेष्टुरा, खाजा पसल भने पूर्णरुपमा बन्द हुनेछन् । तर, बिहान ८ देखि बेलुकी ८ बजेसम्म होम डेलीभरी गर्न सकिनेछ ।

यो अवधिमा अत्यावश्यक सवारी साधन भने सञ्चालन गर्न पाइनेछ ।

कैलालीमा कोरोना भाइरसको रोकथाम तथा नियन्त्रणका लागि स्थानीय प्रशासनले गत वैशाखदेखि निषेधाज्ञा जारी गरेको छ ।

पछिल्लो केही दिनयता भने संक्रमण कम हुँदै गएकोले निषेधाज्ञा खुकुलो बनाइएको हो ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top