चीनको सैन्य तथा आणविक गतिविधिले गम्भीर सुरक्षा चिन्ता थपियोः नेटो

१ असार, एजेन्सी । उत्तर एटलान्टिक सन्धि सङ्गठन नेटोका नेताहरुले चीनको सैन्य तथा आणविक गतिविधिले विश्वमा गम्भीर सुरक्षा चिन्ता थपिएको बताएका छन् ।

चीनले गम्भीर सैन्य चुनौती प्रस्तुत गरेको भन्दै उनीहरुले चेतावनी समेत दिएका छन् । तीव्र गतिमा परमाणु क्षमता विस्तार गरिरहेको चीन आफ्ना सैनिकको आधुनिकीकरणमा पारदर्शी नरहेको पनि उनीहरुले बताएका छन् ।

ब्रसेल्समा बसेको नेटोको बैठकले रुसी सैनिकसँग चीनले सहकार्य गरेको आरोप पनि लगाएको छ । नेटो युरोप र उत्तर अमेरिकाका ३० शक्तिशाली देशबीचको सैन्य तथा राजनीतिक सहकार्यको सङ्गठन हो । कम्युनिस्ट शासनको विस्तार रोक्नका लागि दोस्रो विश्व युद्धपछि नेटोको स्थापना भएको हो ।

पछिल्ला वर्षहरुमा नेटोका नेताहरु बीचमै सङ्गठनको उद्देश्य र कोषको स्रोतलाई लिएर विवाद भएको छ । खासगरी अमेरिकाको राष्ट्रपतिमा डोनाल्ड ट्रम्प आएपछि तनाव बढेको थियो ।

अमेरिकी राष्ट्रपति बनेपछि पहिलो पटक बैठकमा सहभागी भएका जो बाइडेनले भने ७२ वर्ष पुरानो सहकार्यमा अमेरिका पूर्ण शक्तिका साथ फर्किएको बताएका छन् ।

भर्खरको समाचार

भोलिदेखि फिफा विश्वकपः यी हुन् हेर्नलायक १० खेलाडी

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाली जति विदेशमा, देशमा विदेशीको विगविगी

cefeb795-445c-4f1e-ae54-06be5823b52f

हनीट्रयाप प्रकरणमा फसाउने महिलामात्र कि फस्ने पुरुष पनि दोषी ?

Screenshot 2026-06-10 155503

दरबार हत्या काण्डको छानबिनमा तानिएलान् पूर्वराजा ज्ञानेन्द्र ?

Screenshot 2026-06-10 153959

अपाचेपछि ‘एमक्यू–९ रिपर’ ड्रोन खसालेको इरानको दाबी

d7732478-ea7c-49c3-8151-49c529adf0ea

‘बा’,‘ओली–नोमिक्स’,‘राजनेता’, ‘युग पुरुष’ हुँदै ओली आउटसम्म

KP_oli_GWvsFkDBBI

अब पोखराबाट सिधै दुबई, दैनिक अन्तर्राष्ट्रिय उडान तय

pokhara-airport

बलोच उग्रवादी समूहलाई ‘फितना अल–हिन्दुस्तान’ भनेपछि…

Screenshot 2026-06-10 125253

प्रधानमन्त्री र अर्थमन्त्रीमाथि नियोजित घेराबन्दी ? कसले गर्यो ?

Finance Ministry_-199

अपाचे खसालेपछि इरानमा अमेरिकाको जवाफ, युएस ‘फिफ्थ फ्लिट’मा इरानी ड्रोन प्रहार

flags of USA and Iran

सम्बन्धित समाचार

Scroll to Top