×

NEPAL TIMES UPDATES

Playing
इरानमा नयाँ नेतृत्व चयन ट्रम्प बेचेन, तेहरानको भविष्य के होला ? || Nepal Times
Mar 06, 2026
Playing
लामो यु*द्धकालागि Iran तयारः IRGCले दियो नयाँ ह*तिया*रको चेतावनी || Nepal Times
Mar 06, 2026
Playing
BALENको क्रेजले बदल्यो नेपालको राजनीति, देशभर आँधीबेहरी || Nepal Times
Mar 06, 2026
Playing
अहिलेसम्म कसको जित, कहाँ को अगाडि ? || Nepal Times
Mar 06, 2026
Playing
रास्वापाको देशैभर अग्रताको संदेश के हो ? || Nepal Times
Mar 06, 2026
Playing
रास्वपालाई जनताले दिए मौका, रवि र बालेनको काँधमा जिम्मेवारी || Nepal Times
Mar 06, 2026
Playing
World News: उड्दा उड्दै Indiaको शुखोई बेपत्ता, Iranले झार्यो अमेरिकी लडाकु विमान || Nepal Times
Mar 06, 2026
Playing
सुध्रेको भनिएको कांग्रेसलाई जनताले पत्याएनन्, मतपरिणाम खस्कियो || Nepal Times
Mar 06, 2026
Playing
Top 15 Afternoon News || Mar-06-2026 || Nepal Times
Mar 06, 2026
Playing
रास्वपाले देशभर आँधी ल्यायो, जनताको अपार समर्थन || Nepal Times
Mar 06, 2026

मध्यपहाडी राजमार्गमा कालोपत्रे गर्न शुरु

१ असार २०७८

१ असार , दैलेख ।

मध्यपहाडी पुष्पलाल राजमार्गअन्तर्गत दैलेखको पश्चिम खण्ड रावतकोटदेखि चक्रता हुँदै रामघाटसम्मको सडक खण्डमा पहिलो चरणको कालोपत्रेको काम शुरु गरिएको छ । मौसमले साथ दिएको खण्डमा यही असारको दोस्रो सातासम्म १० किलोमिटर बढी कालोपत्रे सम्पन्न गर्ने गरी धमाधम काम भइरहेको छ ।

निषेधाज्ञाको अवधिमा समेत सामाजिक दूरी कायम गरेर मध्यपहाडी राजमार्गका विभिन्न आठ स्थानमा काम सञ्चालन भइरहेको छ ।

सदरमुकामको पश्चिम रावतकोटदेखि पादुकासम्मको सडक निर्माणको जिम्मा लिएको पप्पु हिमाल हाइड्रो जेभीको लापरबाहीका कारण गत असारमै सम्पन्न गर्नुपर्नेमा यो वर्ष मात्रै काम शुरु भएको छ ।

निर्माण कम्पनीले भनेको समयमा काम सम्पन्न नगरेपछि जिल्ला प्रशासन कार्यालय र जिल्ला आयोजना कार्यालयको ताकेतापश्चात् यही जेठ २५ देखि करीब १६ किलोमिटर सडक खण्ड कालोपत्रेको काम शुरु गरिएको छ ।

गत वर्ष चैत्रदेखि कोरोना सङ्क्रमण बढेपछि काम रोकिएको र यस वर्षको असाढसम्म १० किलोमिटर कालोपत्रे सक्ने कम्पनीका कृष्ण ढुङ्गानाले जानकारी दिए । करीब ३१ किलोमिटर सडकमध्ये मनसुन अघि नै १० किलोमिटर सडक कालोपत्रे गर्ने तयारी रहेको मध्यपहाडी पुष्पलाल राजमार्ग आयोजना दैलेखका प्रमुख डा। अर्जुन बमले बताए ।

सडक निर्माणको सर्वपक्षीय अनुगमन गरिएको छ । कामको प्रगति, गुणस्तरता, आएका समस्याको समाधानका लागि आयोजनाको काम थप प्रभावकारी हुन सहयोग पुग्ने बमको भनाइ छ ।

सदरमुकामको पूर्वी क्षेत्र लोहोरेदेखि सुयाडा खण्डको १८ किलोमिटर सडक कालोपत्रे भइसकेको छ । देशकै गौरवको आयोजना भएकोले सडक खण्डमा देखिएका समस्याहरूको स्थलगत रुपमै समाधानका लागि जिल्ला प्रशासनको अगुवाइमा सर्वपक्षीय अनुगमन गरिएको दैलेखका प्रमुख जिल्ला अधिकारी हरि प्याकुरेलले बताए ।

कामको गुणस्तरीयता र सडक क्षेत्रमा बायोइन्जिनियरिङ गर्ने काम प्रभावकारी बनाउनेलगायतका विषयमा स्थलगतरुपमै सुझाव दिइएको उनको भनाइ छ ।

भर्खरको समाचार

रास्वपालाई जनताले दिए मौका, रवि र बालेनको काँधमा जिम्मेवारी

830748cb-172c-4a36-ba9b-b3986da026ed

सुध्रेको भनिएको कांग्रेसलाई जनताले पत्याएनन्, मतपरिणाम खस्कियो

a83e78b6-e0d3-46a8-a6ee-ea43339ebf9a

प्रचण्ड बहुमतको बाटोमा रास्वपा, विश्वप्रकाशले स्वीकारे, कसले के भने ?

adcc99e8-45af-49b9-9154-fa42976a3483

रास्वपाको जितको खाता खुल्यो, रञ्जुले भत्काइन् कांग्रेसको किल्ला

Screenshot 2026-03-06 114343

प्रचण्ड र उदयशम्शेरले छम्किदैंछन् काँग्रेस र नेकपालाई पानी, एमालेको के छ ?

Screenshot 2026-03-06 110033

बालेनले ओलीलाई पछि पारे, रवि र सोविता पनि अघि , कुलमान पछि

Screenshot 2026-03-06 091716

रास्वपाको ३२ स्थानमा अग्रता, प्रतिस्पर्धी कांग्रेस ४, एमाले ३

MixCollage-06-Mar-2026-09-00-AM-865

रास्वपा ३२, कांग्रेस ४, एमाले ३ र नेकपा १ सिटमा अघि

Vote counting kathmandu 1-Nepal photo library-9

के दोलखामा मतपत्र लुटिएको हो ? कांग्रेसमाथि आरोप

10caf7ff-beed-4f31-ae64-f76da54f97a7

फाइनल प्रवेशका लागि भारत र इङ्ल्याण्ड खेल्दै

f98bc703-9037-4ebe-8a64-0a00ad80f8f8

सम्बन्धित खबरहरु

Scroll to Top