प्रधानमन्त्रीको चीन भ्रमणका विषयमा राष्ट्रिय सभालाई जानकारी

१४ असार ७५, शुक्रबार

काठमाडौँ, असार १४

परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले प्रधानमन्त्री केपी शर्मा ओलीका तर्फबाट जनवादी गणतन्त्रको चीनको छ दिवसीय भ्रमणमा बारेमा राष्ट्रिय सभालाई जानकारी गराएका छन्। राष्ट्रिय सभाको आजको बैठकमा मन्त्री ज्ञवालीले चीन भ्रमणले दुई देशबीच पारवहन, बहुआयामिक सम्पर्क संजाल विस्तार, ऊर्जा पूर्वाधार विकास, रसुवा मितेरी पुल निर्माण, लगानी तथा उत्पादनको क्षेत्रमा नेपालमा लगानी बढाउने बारे भएका सम्झौताहरुले दीर्घकालीन आर्थिक सहयोगको खाका तयार गरेको जानकारी गराए ।

प्रधानमन्त्री ओलीले यही असार ५ देखि १० गतेसम्म चीन भ्रमणका क्रममा महत्वपूर्ण सहमति, सम्झौताहरु र उच्चस्तरीय राजनीतिक भेटघाट गरेको उल्लेख गर्दै उनले चीन भ्रमणका क्रममा स्थल तथा हवाई सञ्जाल विस्तार, उत्तर दक्षिण जोड्ने सम्पर्क सञ्जाल निर्माण, कोशी, कर्णाली, गण्डकी आर्थिक करिडोर निर्माण गर्ने विषयमा महत्वपूर्ण सहमति भएको बताए ।

Advertisement

भ्रमणबाट दुई देशबीचको सम्बन्ध विस्तारमा थप आयाम थपिएको र तेल र ग्यासको सम्भाव्य अध्ययन गर्ने, निर्यात योग्य नेपाली समान निर्यात गर्ने, प्राविधिक सहयोग उपलब्ध गराउने, सरकारी छात्रवृत्तिलाई बढाउनका लागि दुवै देश सहमत भएको मन्त्री ज्ञवालीले जानकारी गराए। चीन भ्रमणका क्रममा प्रधानमन्त्री ओलीले चिनियाँ राष्ट्रपति सी जिनपिङ र प्रधानमन्त्री लिखछ्याङलाई नेपाल भ्रमणका लागि निम्ता दिएको र समय मिलाएर छिट्टै उनीहरुले नेपाल भ्रमण गर्ने विश्वास गरिएको मन्त्री ज्ञवालीले उल्लेख गरे ।

चीन भ्रमण अत्यन्तै सकारात्मक भएको उल्लेख गर्दै मन्त्री ज्ञवालीले चीनले नेपाललाई आर्थिक समृद्धिमा सहयोग पु¥याउने तथा ‘समृद्ध नेपाल र सुख नेपाली’को अभियान पूरा गर्न सक्दो सहयोग गर्ने प्रतिबद्धता पनि चिनियाँ पक्षले गरेको जानकारी दिए ।उनले प्रधानमन्त्री ओलीको भ्रमणका अवसरमा १४ बुँदे संयुक्त विज्ञप्ति जारी भएको जानकारी दिँदै १३ सरकारी स्तरमा र नौ वटा निजीस्तरमा गरी २२ वटा महत्वपूर्ण सहमति तथा सम्झौता भएको पनि स्पष्ट पारे ।

प्रधानमन्त्रीको चीन भ्रमणका बारेमा जानकारी गराएपछि राष्ट्रियसभाको बैठक आधा घण्टाका लागि स्थगित भएको छ ।
रासस

भर्खरको समाचार

३१ वर्षदेखि थन्किएको प्रतिवेदन कार्यान्वयन गर्ने सरकारको निर्णय

b5fc9095-b836-4ece-9599-342d56381717

student visa मा ’किर्ते’ धन्दा : कागजमा मात्रै कलेज र विद्यार्थी

Ballmiki-Campus

बीपी राजमार्गमा भयानक बस दुर्घटना, ठूलो हताहतीको आशंका

22a8a24f-68ca-4fea-b4f7-43597b6b85fc

अर्थमन्त्रीले फाइल खोल्ने भनेपछि विपक्षी एक मुख लागे

Finance Ministry_-199

विश्वकप फुटबलः को कति सफल ? कसले कति खेले, कति जिते ?

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाल–भारत सीमा क्षेत्र सुस्तामा बिहानैदेखि तनाव

713308110_1389978686494718_5103644594415436128_n

बागमती प्रदेशका आधा दर्जन जिल्लामा वर्षा, आज कहाँ कहाँ पर्छ पानी ?

mausam-2075-12-18-768x388

फास्ट ट्रयाक निर्माण कछुवा गतिमा ,अर्थमन्त्रीले घटाइदिए बजेट

swarnim wagle

किन डुब्यो हेटौँडा सिमेन्ट ? बालेन सरकारले कसरीे बचाउला ?

Current situation of Hetauda Ciment factory at Hetauda. Photo: Prakash Chandra Timilsena/Nepal Photo Laibrary

निजामती सेवामा ५५ वर्षे उमेर हद र ३० वर्षे सेवा अवधि ?

nijamati

सम्बन्धित समाचार

Scroll to Top