उद्योगलाई प्रधान मानौँ, सरकार हातेमालो गर्न तयार छ ः मन्त्री यादव

१४ असार ७५, शुक्रबार

भीमदत्तनगर, असार  १४

उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री मातृकाप्रसाद यादवले उद्योग सञ्चालनमा जोड दिन उद्योग÷व्यवसायीलाई आग्रह गरेका छन्। आज कञ्चनपुरको भीमदत्तनगरमा कञ्चनपुर उद्योग वाणिज्य संघको २९औँ वार्षिक साधारणसभामा उद्योगमन्त्री यादवले उद्योगलाई प्रधान र व्यापारलाई सहायक बनाउन आग्रह गरे ।

“उद्योगलाई प्रधान र व्यापारलाई सहायक बनाएर आउनूस् सरकार हातेमालो गरेर जान तयार छ”, मन्त्री यादवले भने, “अब उत्पादनलाई जोड दिनुपर्ने बेला आएको छ ।” हरेक प्रदेशमा सरकार उद्योग स्थापना गर्न अघि बढिरेहको बताउँदै उनले पर्याप्त उद्योग सञ्चालनमा आए युवाले स्वदेशमै रोजगारी पाउने धारणा राखे ।

“कृषि प्रधान देश भन्छौँ रोजगारी गर्न भारत र भारतबाट चामल आयात गरिरहेका छौँ”, मन्त्री यादवले भने, “अहिले सरकारले उत्पादन, कृषि र उद्योग लगायतलाई बजेटमा प्राथमिकतामा राखेको हो ।” मन्त्री यादवले विकासमा राजनीति गर्न नहुने भनाइ राखे । पहाडलाई सम्पत्ति बताउँदै उनले जडीबुटीको अपार खानी पहाड भएको बताए ।

कार्यक्रममा कञ्चनपुर उद्योग वाणिज्य संघका अध्यक्ष सुरेश रावलले कञ्चनपुरको बेदकोट नगरपालिकामा स्थापना हुने प्रदेश नं ७ को दैजी छेला औद्योगिक क्षेत्र स्थापनाको काम अगाडि बढाउन, महाकाली नदीमा चार लेनको पुल निर्माण हुन्जेल शारदा ब्यारेज (बनबासा पुल) १२ घण्टा सञ्चालन गराउन पहल गर्न, गड्डाचौकीमा अध्यागमन कार्यालय स्थापना गर्न लगायतका माग गरे ।

रासस

भर्खरको समाचार

अपाचेपछि ‘एमक्यू–९ रिपर’ ड्रोन खसालेको इरानको दाबी

d7732478-ea7c-49c3-8151-49c529adf0ea

‘बा’,‘ओली–नोमिक्स’,‘राजनेता’, ‘युग पुरुष’ हुँदै ओली आउटसम्म

KP_oli_GWvsFkDBBI

अब पोखराबाट सिधै दुबई, दैनिक अन्तर्राष्ट्रिय उडान तय

pokhara-airport

बलोच उग्रवादी समूहलाई ‘फितना अल–हिन्दुस्तान’ भनेपछि…

Screenshot 2026-06-10 125253

प्रधानमन्त्री र अर्थमन्त्रीमाथि नियोजित घेराबन्दी ? कसले गर्यो ?

Finance Ministry_-199

अपाचे खसालेपछि इरानमा अमेरिकाको जवाफ, युएस ‘फिफ्थ फ्लिट’मा इरानी ड्रोन प्रहार

flags of USA and Iran

गृहमन्त्रीमा सुधन २.० : कोही खुशी, कोही दुःखी

719940633_1001084555844895_4744652334709059280_n

वर्षा गराउने प्रणाली पूर्वतिर सर्याे, विहानैदेखि झरी,सावधानी अपनाउन आग्रह

mausam-2075-12-18-768x388

फिफा विश्वकप २०२६ को प्रत्यक्ष प्रसारण डीगो एपमा हुने

dgo-logo

अन्तर्वार्ताको बिचमै ट्रम्प रिसाएर हिँडेपछि भाइरल

200927-donald-trump-jm-1433_2ecab3b8e6edbead73e1276361056151.fit-760w

सम्बन्धित समाचार

Scroll to Top