बाढी पहिरोले विभिन्न ठाउँमा सडक बन्द, बाटो नै बगाएका ठाउँमा तत्काल खुलाउन समस्या

२ असार , काठमाडौं ।

पहिरोले विभिन्न ठाउँमा सडक बन्द भएका छन् । बुटवल–नारायणगढ सडक खण्डका विभिन्न ठाउँमा पहिरो खसेको लुम्बिनी प्रदेश ट्राफिक प्रहरी कार्यालयले जनाएको छ । बुटवल–सुनवल, सुनवल–भूमहीलगायत सडक खण्ड हिजोदेखि नै बन्द रहेको र खुलाउने प्रयास भइरहेको प्रहरीले जनाएको छ ।

जिल्लामा निषेधाज्ञाका कारण गाडी जाम नरहेको र अत्यावश्यक गाडीलाई नवलपरासी हुँदै पठाइएको पनि प्रदेश ट्राफिक प्रहरी कार्यालय बुटवलले जनाएको छ । यस्तै सिद्धार्थ राजमार्ग अन्तर्गत पाल्पा–बुटवल सडकको सिद्धबाबा, गौडेपुल, कालीमाटीमा पहिरो झरेपछि बाटो बन्द भएको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ ।

केही ठाउँमा बाटो नै बगाएकाले तत्काल खुलाउन समस्या हुने देखिएको प्रहरीले जनाएको छ । यस्तै काठमाण्डौ–धुलिखेल–दोलालघाट–खाडिचौर–कोदारी सडक पनि बाढी र पहिरोका कारण बन्द भएको छ । यस्तै पर्वतको कुश्मा नगरपालिका–१ सहस्रधारामा पहिरो खस्दा बन्द भएको मध्यपहाडी लोकमार्ग खुलाउन समस्या भएको छ ।

सोमवार राति झरेको पहिरोले बन्द भएको सडक वर्षा नरोकिएको कारण खुलाउन नसकिएको प्रहरीले जनाएको छ । यस्तै बेनी–मालढुङ्गा सडक पनि दुई दिनदेखि बन्द छ । मध्यपहाडी लोकमार्ग पहिरोले रोकिएपछि साना गाडी वैकल्पिक मार्ग प्रयोग गर्न थालेका छन् भने ठूला गाडी बाटोमै रोकिएका छन् ।

भर्खरको समाचार

फास्ट ट्रयाक निर्माण कछुवा गतिमा ,अर्थमन्त्रीले घटाइदिए बजेट

swarnim wagle

किन डुब्यो हेटौँडा सिमेन्ट ? बालेन सरकारले कसरीे बचाउला ?

Current situation of Hetauda Ciment factory at Hetauda. Photo: Prakash Chandra Timilsena/Nepal Photo Laibrary

निजामती सेवामा ५५ वर्षे उमेर हद र ३० वर्षे सेवा अवधि ?

nijamati

भारतीय जहाजमाथि अमेरिकी आक्रमण, दिल्लीको कडा निन्दा

e9ef0914-ad9b-45c9-94dd-676849c05cab

करका दर हेरफेरमा उच्चस्तरीय छानविन समिति बनाउन सांसद्हरूको माग

Finance Ministry_-199

आजदेखि विश्व फुटबलको महाकुम्भ,उद्घाटन समारोह कस्तो हुनेछ ?

c7150379-e5cf-4a4d-bbfb-d4ba2b610e48

आज कहाँ–कहाँ पर्छ पानी? २ दिन भारी वर्षा हुने

mausam-2075-12-18-768x388

भोलिदेखि फिफा विश्वकपः यी हुन् हेर्नलायक १० खेलाडी

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाली जति विदेशमा, देशमा विदेशीको विगविगी

cefeb795-445c-4f1e-ae54-06be5823b52f

हनीट्रयाप प्रकरणमा फसाउने महिलामात्र कि फस्ने पुरुष पनि दोषी ?

Screenshot 2026-06-10 155503

सम्बन्धित समाचार

Scroll to Top