कोरोनाको असरले पुष्प व्यवसायमा दैनिक एक करोड नोक्सान

१ असार ७८, बुधबार

२ असार, काठमाडौं ।

Advertisement

कोभिड–१९ को दोस्रो लहरका कारण पुष्प व्यवसायले अहिले दैनिक करिब रु एक करोड नोक्सान बेहोर्नुपरेको छ ।

विश्वभरि फैलिएको कोरोना महामारीको एकपछि अर्को लहर आउँदा यस व्यवसायले विगत एक वर्षदेखि आम्दानी गर्न सकेको छैन र उल्टो दैनिक करिब रु एक करोड नोक्सान बेहोरिरहेको छ ।

Advertisement

त्रासकै बीच लामो समयदेखि बन्द रहेको अन्य केही व्यवसाय विस्तारै खुला हुन थालेका छन् तर यो क्षेत्र कहिले खुल्ने र व्यासायले गति लिने विषय अन्योल नै छ । अहिले मठ मन्दिर, होटल, पार्टी प्यालेस र पर्यटन व्यवसाय सञ्चालनमा नआएकाले यस क्षेत्रले नोक्सानको सामना गर्नुपरेको फ्लोरिकल्चर एशोसिएशन नेपालका अध्यक्ष कुमार कसजु श्रेष्ठले बताए ।

उनका अनुसार कोरोना महामारी नहुँदा सामान्य समयमा फूलको दैनिक रु एक करोडभन्दा बढीको कारोबार हुने गरेको थियो तर अहिले मुस्किलले रु दुई लाखसम्मको मात्र कारोबार हुन्छ ।

Advertisement

अध्यक्ष श्रेष्ठले गुनासो पोख्दै भने “अहिले पनि केही फूलहरु भारतबाट ल्याइएका छन् तर लकडाउन भन्दै स्वदेशमा उत्पादन भएका फूललाई स्थान छैन । त्यसका लागि परिचयपत्रको व्यवस्था गरी एक स्थानबाट अर्को स्थानमा सहज आवतजावत गर्ने व्यवस्था गरी व्यवसायलाई सामान्यरूपमा भने पनि सञ्चालन गर्ने व्यवस्था गरिदिनुप¥यो ।”

उनका अनुसार फूलको कारोबार अत्यन्त कम हुने गर्दछ, नहुने नै भन्ने हुँदैन । “अहिले जति फूल प्रयोगमा आएका छन् ती सबै स्वदेशी उत्पादनकै प्रयोग हुन पाए थोरै भए पनि व्यवसाय चलायमान हुने थियो”, उनले भने

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top