दुई बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा युवक पक्राउ

दुई बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा युवक पक्राउ

२ असार, मोरङ । दुई बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ ।

सात वर्षीया र ४ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा रतुवामाई नगरपालिका–६ कादुपाडा डेरा गरी बस्ने भारत अररिया सिक्टीग्राम वरुदा–२ घर भएका २० वर्षीय मोहमद अझरुदिनलाई मंगलबार साँझ प्रहरीले पक्राउ गरेको हो ।

मोहमदले दुई जना बालिकालाई जबरजस्ती करणी गरेको भन्ने खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय सिजुवाबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको केन्द्रीय प्रहरी समाचार कक्षले जनाएको छ ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.