तामाकोसी खुलाउन चिनियाँ टोली परिचालन, सुरक्षित स्थानमा जान दोलखा प्रशासनको अपिल

५ असार, काठमाडौं ।

Advertisement

पहिरोले थुनिएको तामाकोसी नदीमा मिसिने रोङ्सी खोला खुलाउन चिनियाँ टोली परिचालन भएको छ।

शुक्रबार राति चीनको तिङ्ग्री काउन्टीनजिकै पहिरोले थुनिएको रोङसी खोला खुलाउन शनिबार बिहानैदेखि चिनियाँ टोली परिचालन भएको दोलखाका प्रमुख जिल्ला अधिकारी वासुदेव घिमिरेले जानकारी दिए ।

Advertisement

पहिरोले थुनिएको खोला ताल बनेर बसेको छ । नेपालतर्फबाट उक्त क्षेत्र जान असम्भव भएकाले उतैको टोली खोला थुनिएको क्षेत्रमा पुगेको घिमिरेले बताए । पहिरो खुलाउने क्रम जारी रहेकोले पानीको बहाव बढ्ने भएकाले प्रशासनले स्थानीयलाई सचेत हुन अपिल गरेको छ।

तामाकोसीमा बाढी आउन सक्ने भन्दै नदीतटीय क्षेत्रमा सुरक्षाकर्मी परिचालन गरिएको छ । तामाकोसीको तटीय क्षेत्रमा बस्नेलाई सुरक्षित स्थानमा जान जिल्ला प्रशासन कार्यालय दोलखाले आग्रह गरेको छ ।

Advertisement
Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top