निरंकुश शासकले खल्तीबाट पदाधिकारी नियुक्त गरे : बाबुराम भट्टराई

१० असार ७८, बिहीबार
Share this
740shares

१० असार, काठमाडौं ।

Advertisement

राष्ट्रपति विद्यादेवी भण्डारीले विभिन्न संवैधानिक निकायका लागि २० पदाधिकारी नियुक्त गरेपछि पूर्वप्रधानमन्त्री एवं जसपाका संघिय परिषद्का अध्यक्ष बाबुराम भट्टराईले विरोध जनाएका छन् ।

उनले सभामुख,उपसभामुख र विपक्षी दलका नेता विना खल्तीबाट निकालेका नाम संसदीय समितिबाट अनुमोदन नगरी असंवैधानिक ढंगले नियुक्त गरिएको बताए ।

Advertisement

बिहिबार राष्ट्रपतिले संवैधानिक परिषद्ले वैशाख अन्तिम साता सिफारिस गरेका २० पदाधिकारीलाई संसदीय सुनुवाइ विना नै राष्ट्रपतिले नियुक्त गरेकी थिइन् ।

‘लोकतन्त्रको खम्बा मानिने शक्तिपृथकीकरणरसन्तुलन अध्यादेशबाट भत्काउँदै सभामुख,उपसभामुख र विपक्षी दलका नेता विना निरंकुश शासकले खल्तीबाट निकालेका नाम संसदीय समितिबाट अनुमोदन नगरी असंवैधानिक ढंगले नियुक्त गरिएका संवैधानिक अंगका पदाधिकारीले पदभार ग्रहण नगरून्! अदालतले छिटो फैसला गरोस् !’ भट्टराईले ट्विट गर्दै भने ।

Advertisement
Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top