गोदावरीको बजेट १ अर्ब ८२ करोड

१० असार ७८, शुक्रबार

१० असार, ललितपुर ।

गोदावरी नगरपालिकाले रु १ अर्ब ८२ करोड पाँच लाखको बजेट पारित गरेको छ ।

‘कृषि पुर्वाधार र पर्यटकीय नगरी, समावेशी स्वच्छ र समृद्ध गोदावरी’ भन्ने मूल नारासहित नगरपालिकाका उपप्रमुख मुना अधिकारीले आज नवौँ नगरसभामार्फत आउँदो आर्थिक वर्ष २०७८÷०७९ को लागि बजेट प्रस्तुत गरिन् ।

चालु खर्चतर्फ रु ९३ करोड ४४ लाख २० हजार र पुँजीगत योजनातर्फ रु ८८ करोड ६१ लाख ४९ हजारको बजेट सर्वसम्मतले पास भएको छ ।

यसैगरी गोदावरीले मुलुकमा फैलिरहेको कोरोना महामारीलाई ध्यानमा राखी वडा नं ५ लेले तथा वडा नं १४ बाँडेगाउँ प्राथमिक स्वास्थ्य केन्द्रमा २०–२० शैयाका अक्सिजनसहित आइसोलेशन कक्ष निर्माण गर्नाका साथै ज्येष्ठ नागरिक तथा गर्भवती र सुत्केरी महिलाका हितमा मल्टीभिटामिन र क्याल्सियमको व्यवस्था पनि गर्ने भएको छ ।

बाह्र वर्षे गोदावरीका साथै नवदुर्र्गा मेलाका लागि अक्षयकोष खडा, पर्यटकको प्रभावकारी सत्कारका लागि सञ्चालित होटलमा ग्रीन स्टिकर टाँस्ने व्यवस्था, कक्षा १ मा २५ भन्दा बढी विद्यार्र्थी भर्ना गराई अन्तिम परीक्षामा सहभागी गराउने विद्यालयलाई प्रत्येक विद्यालय रु २० हजारका दरले प्रोत्साहन अनुदान दिने भएको छ ।

कृषि क्षेत्रको लगानी नतिजामूलक बनाउन तरकारी खेतीका लागि लेल, पुष्पका लागि गोदावरी, च्याँउका लागि चापागाउँ र गोलभेडा खेतीका लागि डुकुछाप क्षेत्रलाई पकेट क्षेत्रका रूपमा विकास गर्ने योजना गोदावरीले अघि सारेको छ ।

भर्खरको समाचार

फास्ट ट्रयाक निर्माण कछुवा गतिमा ,अर्थमन्त्रीले घटाइदिए बजेट

swarnim wagle

किन डुब्यो हेटौँडा सिमेन्ट ? बालेन सरकारले कसरीे बचाउला ?

Current situation of Hetauda Ciment factory at Hetauda. Photo: Prakash Chandra Timilsena/Nepal Photo Laibrary

निजामती सेवामा ५५ वर्षे उमेर हद र ३० वर्षे सेवा अवधि ?

nijamati

भारतीय जहाजमाथि अमेरिकी आक्रमण, दिल्लीको कडा निन्दा

e9ef0914-ad9b-45c9-94dd-676849c05cab

करका दर हेरफेरमा उच्चस्तरीय छानविन समिति बनाउन सांसद्हरूको माग

Finance Ministry_-199

आजदेखि विश्व फुटबलको महाकुम्भ,उद्घाटन समारोह कस्तो हुनेछ ?

c7150379-e5cf-4a4d-bbfb-d4ba2b610e48

आज कहाँ–कहाँ पर्छ पानी? २ दिन भारी वर्षा हुने

mausam-2075-12-18-768x388

भोलिदेखि फिफा विश्वकपः यी हुन् हेर्नलायक १० खेलाडी

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाली जति विदेशमा, देशमा विदेशीको विगविगी

cefeb795-445c-4f1e-ae54-06be5823b52f

हनीट्रयाप प्रकरणमा फसाउने महिलामात्र कि फस्ने पुरुष पनि दोषी ?

Screenshot 2026-06-10 155503

सम्बन्धित समाचार

Scroll to Top