यो गठबन्धन अवसरवादी होइन, प्रधानमन्त्री कसलाई बनाउने भन्ने सङ्घर्ष पनि होइन : प्रचण्ड

१० असार ७८, शुक्रबार

१० असार, काठमाडौं ।

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले संविधानको रक्षा गर्दै संविधानको समयानुकूल परिमार्जन गर्ने उद्देश्यको जगमा पाँच दलीय गठबन्धन सम्भव भएको बताएका छन् ।

बिहीवार विपक्षी गठबन्धनले आयोजना गरेको सम्पादकहरूसँगको छलफलमा बोल्दै अध्यक्ष प्रचण्डले विपक्षी दलहरूबीचको गठबन्धन सैद्धान्तिक, व्यावहारिक, राजनीतिक र राष्ट्रिय भावनाको आधारलाई समेटेर बनाइएकाले लामो समयसम्म सँगसँगै जान सक्ने बताए । उनले संविधानको रक्षा गर्दै समयानुकूल परिमार्जन गर्दै लैजाने उद्देश्यमा केन्द्रित रहेर गठबन्धन बनेको बताए ।

अहिलेको सङ्घर्ष प्रधानमन्त्री कसलाई बनाउने भन्ने नभइ राष्ट्रको हितको पक्षमा उभिने र नउभिनेबीचको रहेको उनले बताए । अध्यक्ष प्रचण्डले २०४६ साल र २०६२÷०६३ सालमा लोकतन्त्रवादी र वामपन्थीको मिलेमतोमा आन्दोलन सफल भएको उल्लेख गर्दै अहिले पनि केपी ओलीको निरङ्कुशताले लोकतन्त्रवादी र वामपन्थीलाई एकै ठाउँमा ल्याइ पु¥याएकाले आन्दोलन सफल हुने बताए ।

उनले भने, ‘सैद्धान्तिक, व्यावहारिक, राजनीतिक र राष्ट्रिय भावनाको आधारलाई पनि समेटेर जानुपर्छ भन्ने निष्कर्षसहित गठबन्धन अगाडि गएको छ । यो गठबन्धन कुनै अवसरवादी गठबन्धन होइन ।प्रधानमन्त्रीका निम्ति भएको सङ्घर्ष पनि होइन । यो संविधान, लोकतन्त्र र राष्ट्रको हितको पक्षमा उभिने र नउभिने बीचको लडाइँ हो । सिस्टम बचाउने वा नबचाउने भन्ने बीचको लडाइँ हो ।’

अध्यक्ष प्रचण्डले सर्वोच्च अदालतमा आफूहरूको कुनै शेटिङ नभएको बताए । मन्त्री नियुक्ति बदर गर्ने सर्वोच्चको फैसलाअघि आफूले बोलेको कुरालाई शेटिङ भन्दै टिप्पणी गरिएको भन्दै उनले आफूहरू शेटिङ गरेर शासन गर्नेवाला नभएको स्पष्ट पारे ।

भर्खरको समाचार

फास्ट ट्रयाक निर्माण कछुवा गतिमा ,अर्थमन्त्रीले घटाइदिए बजेट

swarnim wagle

किन डुब्यो हेटौँडा सिमेन्ट ? बालेन सरकारले कसरीे बचाउला ?

Current situation of Hetauda Ciment factory at Hetauda. Photo: Prakash Chandra Timilsena/Nepal Photo Laibrary

निजामती सेवामा ५५ वर्षे उमेर हद र ३० वर्षे सेवा अवधि ?

nijamati

भारतीय जहाजमाथि अमेरिकी आक्रमण, दिल्लीको कडा निन्दा

e9ef0914-ad9b-45c9-94dd-676849c05cab

करका दर हेरफेरमा उच्चस्तरीय छानविन समिति बनाउन सांसद्हरूको माग

Finance Ministry_-199

आजदेखि विश्व फुटबलको महाकुम्भ,उद्घाटन समारोह कस्तो हुनेछ ?

c7150379-e5cf-4a4d-bbfb-d4ba2b610e48

आज कहाँ–कहाँ पर्छ पानी? २ दिन भारी वर्षा हुने

mausam-2075-12-18-768x388

भोलिदेखि फिफा विश्वकपः यी हुन् हेर्नलायक १० खेलाडी

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाली जति विदेशमा, देशमा विदेशीको विगविगी

cefeb795-445c-4f1e-ae54-06be5823b52f

हनीट्रयाप प्रकरणमा फसाउने महिलामात्र कि फस्ने पुरुष पनि दोषी ?

Screenshot 2026-06-10 155503

सम्बन्धित समाचार

Scroll to Top