×

NEPAL TIMES UPDATES

Playing
Top 15 Afternoon News || Mar-21-2026 || Nepal Times
Mar 21, 2026
Playing
ईद मुबारकः भाइचारा, प्रेम र मेलमिलापको भावना अझ प्रगाढ बनोस् || Nepal Times
Mar 21, 2026
Playing
आयरल्यान्डले नेपालमा सिरिज खेल्ने, पाँच वर्षे रणनीतिक साझेदारी घोषणा|| Nepal Times
Mar 21, 2026
Playing
चट्याङ र हावाहुरीले के के क्ष ति गर्यो ? || Nepal Times
Mar 21, 2026
Playing
सार्वजनिक भए मोज्तबा खामेनी, नेटो कायर, ट्रम्पले गरे ठूलो घोषणा|| Nepal Times
Mar 21, 2026
Playing
खाडीको सुरक्षा भ्रम भत्कि योः बुर्ज अल अरबमा आ गो, रास लाफान ध्व स्त || Nepal Times
Mar 21, 2026
Playing
जब हिन्दु ‘ईद मुबारक’ भन्छ र मुस्लिम ‘दशैं’ मनाउँछन् — त्यो नेपाल हो|| Nepal Times
Mar 21, 2026
Playing
आज सातै प्रदेशमा असिना र हावाहुरीसहित वर्षा, बीपी राजमार्ग अवरुद्ध || Nepal Times
Mar 21, 2026
Playing
यु द्धको भुमरीमा नेपाली पनि परे, हो र्मुज क ब्जा गर्न हिड्यो अमेरिका|| Nepal Times
Mar 20, 2026
Playing
Watch Top50 News Of The Day || Chaitra-06-2082 || Nepal Times
Mar 20, 2026

निषेधाज्ञा खुकुलो भएपछि २०० केजी सुन आयात

१४ असार २०७८

१४ असार, काठमाडौं ।

निषेधाज्ञा अवधिभर नेपालमा सुनको आयात ठप्प भए पनि निषेधाज्ञा खुकुलो भएपछि बाणिज्य बैंकहरूले २०० केजी सुन आयात गरेका छन् ।

Advertisement

गत असार ८ गतेदेखि निषेधाज्ञा केही खुकुलो बनाएर सुनचाँदी पसल पनि खुला गर्न दिएको छ । त्यसपछि नेपाल सुनचाँदी व्यवसायी महासंघको सिफारिशमा नेपाल बैंकर्स संघले त्यस बराबरको सुन आयात गरेको हो ।

महासंघका पूर्वअध्यक्ष मणिरत्न शाक्यले महासंघको सिफारिशमा बैंकर्स संघबाट २०० केजी सुन आयात भएको जानकारी दिए । ‘बैंकर्स संघले त्यो सुन आयात गरेर व्यवसायीहरूलाई वितरण गरिसकेको छ,’ उनले भने, ‘यसपालि काठमाडौं उपत्यकाका लागि १०० केजी र उपत्यकाबाहिरका लागि १०० केजी सुन आयात गरिएको छ ।’

कोरोनाको दोस्रो लहर शुरू भएपछि जिल्ला प्रशासन कार्यालयमार्फत अधिकांश जिल्लाहरूमा निषेधाज्ञा लगाइएको थियो । गत वैशाख १२ गतेदेखि नै सुन आयात ठप्प थियो । अहिले निषेधाज्ञा खुकुलो भएपछि सुन आयात गर्न शुरू गरिएको शाक्यले बताए ।

निषेधाज्ञा जारी हुने सम्भावना बढेपछि महासंघले नै बैंकहरूलाई सुन आयात नगर्न आग्रह गरेको थियो । बैंकहरूले गत वैशाख १२ गते सुन आयात गरेका थिएनन् । नेपालमा सुन आयात गर्ने अख्तियार बैंकहरूलाई दिइएको छ । भन्सार विभागको तथ्यांकअनुसार जेठमा सुनको आयात शून्य रहेको छ । वैशाखमो आयात अत्यन्तै न्यून देखिएको छ ।

गत वैशाख मसान्तसम्म रू. २१ अर्ब ६ करोड ८३ लाख रुपैयाँको सुन आयात भएको छ । त्यस अवधिमा ३ हजार १८ केजी सुन आयात भएको हो । उक्त अवधिमा टर्कीबाट २ अर्ब १२ करोड २२ लाख र यूएईबाट १८ अर्ब ९४ करोड ६१ लाख रुपैयाँ बराबरको सुन आयात भएको तथ्यांक छ । विभागका अनुसार जेठमा भने सुनको आयात भएको छैन ।

कोरोनाको पहिलो लहर नियन्त्रण गर्न लगाइएको बन्दाबन्दीका कारण पनि सुनको आयातमा कमी आएको थियो । तर, बन्दाबन्दी खुलेपछि सुनको आयात बढ्दै गएको थियो । अहिले कोरोनाको दोस्रो लहर नियन्त्रण गर्न निषेधाज्ञा लगाएपछि सुनको आयात पुनः प्रभावित भएको थियो

वैशाखमा सुनको आयात औसतभन्दा पनि कम थियो । वैशाख अघिसम्म मासिक औसत २ अर्ब १४ करोड रुपैयाँको सुन आयात भएको देखिन्छ । तर, वैशाखमा १ अर्ब ७५ करोड ७७ लाख रुपैयाँको सुन आयात भएको छ, जुन सामान्य अवस्थाको भन्दा कम हो ।

जेठमा भने सुन आायत नै भएको छैन । चैतमा ३ अर्ब २ करोड ७१ लाख रुपैयाँ बराबरको सुन आयात भएको थियो । वैशाख महीना विवाहको सिजन भएकाले चैतमा सुनको आयात बढी भएको हो ।

भर्खरको समाचार

ईद मुबारक ! सबैमा शान्ति,समृद्धि र आपसी सद्भाव ल्याओस्

20260321_083036.jpg

आज पनि हावाहुरी र चट्याङसहित असिना पानी पर्ने

mausam-2075-12-18-768x388

साउदीका तेल केन्द्रमा बिहानैदेखि ड्रोन आक्रमण, युद्ध नयाँ चरणमा प्रवेश

saudi

अमेरिकामा नेपाली परिवारको बीभत्स हत्याको भिडियो सार्वजनिक

f3e3d7ae-e383-4abf-a07d-47a67cecb389

शपथमा सांसदले कुन पोसाक लगाउँछन् ? सपथको भाषामा छुट्टै व्यवस्था

Samsad Hall_ parliament_Nepal Photo Library7

१६ अमेरिकी सैन्य विमान ध्वस्त, होर्मुजबाट फर्किए अमेरिकी युद्धपोत

trump khameni missiel

चैत १३ गते बालेन प्रधानमन्त्री , १२ गते दलको नेता, १५ जना मन्त्री

balennnnnnnnnnnnnnn

’बदल्यौं कांग्रेस’ भन्दाभन्दै आफैं बदलिएका गगन

Gagan-thapa1

इरानी लाइफलाइन साउथ पार्स हमलाले विश्व हल्लियो

iran-flag_TkC5X0MaQr

युद्धका लागि पेन्टागनले माग्यो २०० अर्ब डलर, इरानलाई हमला रोक्न मुस्लिम राष्ट्रको आग्रह

Screenshot 2026-03-19 125340

सम्बन्धित खबरहरु

Scroll to Top