मन्त्री छान्न माओवादी केन्द्रको बैठक बस्दै

२९ असार, काठमाडौं ।

Advertisement

नेकपा माओवादी केन्द्रको स्थायी कमिटी बैठक बस्दैछ। पार्टी कार्यालय पेरिसडाँडामा मंगलबार बिहान ९ बजे बैठक बस्ने स्थायी कमिटी सदस्य पम्फा भुसालले जानकारी दिइन्।

नयाँ सरकारमा पार्टीका तर्फबाट सहभागी हुने मन्त्रीहरूको बारेमा निर्णय गर्न बैठक बोलाइएको हो ।

Advertisement

सर्वोच्च अदालतले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन परमादेश दिएको छ । जसमा माओवादीको पनि समर्थन रहेको छ ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top