दक्षिण अफ्रिकामा हिंसा नियन्त्रण गर्न सेना परिचालन

२८ असार ७८, मंगलबार

२९ असार, बीबीसी ।
दक्षिण अफ्रिकाका राष्ट्रपति सिरिल रामापोसाले आम नागरिकलाई हिंसाविरुद्ध उभिन आह्वान गरेका छन्।

पूर्व राष्ट्रपति जेकब जुमा जेल परेसँगै त्यहाँ हिंसात्मक प्रदर्शनहरू भइरहेका छन्। गत हप्ता जुमाले प्रहरी समक्ष आत्मसमर्पण गरेसँगै कम्तीमा ६ जनाको मृत्यु भएको छ भने झन्डै ५०० जना पक्राउ परेका छन्।

पसलहरू लुटिएका छन् भने भवनहरू आगजनीमा परेका छन्। खावटेयाङ राज्य र जुमाको गृह राज्य क्वाजुलु नटालमा सुरक्षा फौज परिचालन गरिएको छ।

भ्रष्टाचारसम्बन्धी एउटा अदालती सुनुवाइमा उपस्थित नभएका कारण उनलाई अदालतको अपहेलनामा दोषी ठहराइएको थियो। भ्रष्टाचारको आरोप अस्वीकार गर्दै आएका ७९ वर्षका जुमालाइ १५ महिनाको जेल सजाय सुनाइएको थियो।

संवैधानिक अदालतले आफ्नो सजाय फिर्ता लिने वा कम गरिदिने उनले अपेक्षा गरिरहेका छन्। तर त्यस्तो हुने सम्भावना भने कम रहेको कानुनका ज्ञाताहरूले बताइरहेका छन्।

राष्ट्रपति रामाफोसाले हिंसाबाट टाढा रहन र देशलाई अस्थिर बनाउन चाहनेविरुद्ध दृढ रूपमा उभिन सर्वसाधारणहरूलाई आग्रह गरेका छन्।

एउटा टेलिभिजन सम्बोधनका क्रममा रामापोसाले दक्षिण अफ्रिकामा सन् १९९०को दशक यता देखिएको अप्रिय हिंसाका रूपमा पछिल्लो घटनालाई व्याख्या गरेका थिए।

जुमालाई जुन २९ तारिखमा आफ्नो नौ वर्षे कार्यकालका बेला भएको भ्रष्टाचारसम्बन्धी सुनुवाइका क्रममा सबुत पेस गर्न दिइएको आदेश नमानेको आरोपमा १५ महिना लामो जेल सजाय सुनाइएको हो।

दक्षिण अफ्रिकामा पूर्व राष्ट्रपतिलाई जेलसजाय सुनाइएको यो नै पहिलो पटक हो। जुमाको नेतृत्वका बेला निर्णय लिने प्रक्रिया प्रभावित पार्नका लागि राजनीतिज्ञहरूसँग साठगाँठ गरेको व्यापारीहरूमाथि आरोप लगाइएको छ।

तर जुमाले भने बारम्बार आफू राजनीतिक षडयन्त्रको सिकार हुन पुगेको बताउँदै आएका छन्।

सन् २०१८मा उनलाई आफ्नै दलले पदबाट बाहिरिन बाध्य पारेको भए पनि समर्थकहरूको एउटा पक्षलाई आफूसँगै राख्न उनी सफल भएका थिए।

भर्खरको समाचार

फास्ट ट्रयाक निर्माण कछुवा गतिमा ,अर्थमन्त्रीले घटाइदिए बजेट

swarnim wagle

किन डुब्यो हेटौँडा सिमेन्ट ? बालेन सरकारले कसरीे बचाउला ?

Current situation of Hetauda Ciment factory at Hetauda. Photo: Prakash Chandra Timilsena/Nepal Photo Laibrary

निजामती सेवामा ५५ वर्षे उमेर हद र ३० वर्षे सेवा अवधि ?

nijamati

भारतीय जहाजमाथि अमेरिकी आक्रमण, दिल्लीको कडा निन्दा

e9ef0914-ad9b-45c9-94dd-676849c05cab

करका दर हेरफेरमा उच्चस्तरीय छानविन समिति बनाउन सांसद्हरूको माग

Finance Ministry_-199

आजदेखि विश्व फुटबलको महाकुम्भ,उद्घाटन समारोह कस्तो हुनेछ ?

c7150379-e5cf-4a4d-bbfb-d4ba2b610e48

आज कहाँ–कहाँ पर्छ पानी? २ दिन भारी वर्षा हुने

mausam-2075-12-18-768x388

भोलिदेखि फिफा विश्वकपः यी हुन् हेर्नलायक १० खेलाडी

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाली जति विदेशमा, देशमा विदेशीको विगविगी

cefeb795-445c-4f1e-ae54-06be5823b52f

हनीट्रयाप प्रकरणमा फसाउने महिलामात्र कि फस्ने पुरुष पनि दोषी ?

Screenshot 2026-06-10 155503

सम्बन्धित समाचार

Scroll to Top