मकवानपुरमा दुई पुरुष मृत फेला

२९ असार ७८, मंगलबार
Share this
782shares

२९ असार, मकवानपुर ।
मकवानपुरका फरक दुई स्थानमा आज बिहान दुई पुरुष मृत फेला परेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ।

Advertisement

बिहान करिब साढे ५ बजे बकैया गाउँपालिका–३ स्थित बकैयाखोला पुलको रडमा सलको पासो लगाई झुण्डिएको अवस्थामा दाङको बबई गाउँपालिका स्थायी ठेगाना भएका हाल बकैया–४ तामाखोला बस्ने ३५ वर्षीय भीमबहादुर खत्रीको शव भेटिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायब उपरीक्षक जयश्वर रिमालले जानकारी दिए। उनका अनुसार मृतक खत्री स्थानीय क्रसर उद्योगमा मजदुरी गर्दै आएका थिए।

त्यसैगरी हेटौँडा उपमहानगरपालिका–२ सङ्गमचोकस्थित आफ्नै डेरामा एक पुरुष मृतावस्थामा फेला परेका छन्। दैनिक ज्याला मजदुरी गरी जीवनयापन गर्दै आएका डिके भनिने करिब ५० वर्षीय पुरुषको शव बिहान ७ फेला परेको प्रहरी उपरीक्षक रिमालले जानकारी दिए। डिके भनिने पुरुषको थप पहिचान खुल्न सकेको छैन।

Advertisement

दुवै शव परीक्षणका लागि हेटौँडा अस्पताल ल्याउने तयारी भइरहेको र घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।(रासस)

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top