दुई फरक कम्पनीका कोरोना भ्याक्सिन प्रयोग गर्नु खतरनाकः डब्लुएचओ

२९ असार, एजेन्सी ।
विश्व स्वास्थ्य संगठनका वैज्ञानिकले दुई फरक कम्पनीका कोरोना भ्याक्सिन पहिलो र दोस्रो डोजका रूपमा प्रयोग गर्नु खतरनाक हुने चेतावनी दिएका छन् ।

Advertisement

डब्लूएचओकी मुख्य वैज्ञानिक डा. सौम्या स्वामीनाथनले यसलाई एउटा घातक ट्रेन्ड भनेकी छन् । यसरी अलग–अलग खोप लिँदा त्यसको परिणाम के हुन्छ, अहिलेसम्म डब्लूएचओले कुनै विवरण बाहिर ल्याएको छैन ।

एक अनलाइन ब्रिफिङमा स्वामीनाथनले भनिन्, ‘धेरै मानिसले हामीलाई सोधिरहनुभएको छ– पहिला अर्कै कम्पनीको भ्याक्सिन लिएको र अब अर्कै कम्पनीको लिने योजना छ, यसो गर्न हुन्छ कि हुँदैन ? तर म भन्छु, यो खतरनाक ट्रेन्ड हो ।

Advertisement

यद्यपि, भ्याक्सिनको म्याचिङ र मिक्सिङलाई लिएर हामीसँग कुनै विवरण छैन ।’ फाइजर, एस्ट्रेजेनेका, स्पूतनिक, यी सबै भ्याक्सिनको दुई डोज दिने गरिएको छ । सबै कम्पनीहरूको भ्याक्सिन लगाउने समय अन्तराल अलग–अलग छ ।

स्पूतनिक वी लाइट र जोनसन एण्ड जोनसनको भ्याक्सिनको एक डोज मात्र दिइँदै छ । स्वामीनाथनले भनिन्, ‘मिक्स र म्याचलाई लिएर हामीसित सीमित डेटा छन् । यसमा अहिले अध्ययन भइरहेको छ ।

Advertisement

अहिले हामीसँग एस्ट्रेजेनेका भ्याक्सिनलाई लिएर मात्र केही विवरण छन् । अलग–अलग देशका मानिसहरू आफैं कुन भ्याक्सिन, कहिले, कपिपटक लिने भन्ने कुरा तय गर्न थाले भने अराजक स्थिति उत्पन्न हुन सक्छ ।’

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Desktop Popup ImageMobile Popup Image×
Scroll to Top