प्रदेश-१ मा १६१ मा कोरोना सङ्क्रमण पुष्टि, ४६९ जना सङ्क्रमणमुक्त

२ साउन, विराटनगर ।

Advertisement

प्रदेश नं १ मा पछिल्लो २४ घण्टामा ४६९ जना कोरोना सङ्क्रमित निको भएका छन् । निको हुनेमा २०५ महिला र २६४ पुरुष छन् । योसँगै निको हुनेको सङ्ख्या हालसम्म ७० हजार ८५३ पुगेको छ ।

पछिल्लो २४ घण्टामा यो प्रदेशमा १६१ जना कोरोना सङ्क्रमित थपिएका छन् । कूल ६७९ जनाको पिसिआर परीक्षण गर्दा ७१ महिला र ९० पुरुषमा सङ्क्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

Advertisement

मन्त्रालयका अनुसार थपिएका सङ्क्रमितमध्ये सुनसरीका ९२, मोरङका ३४, झापाका २३, धनकुटाका छ, भोजपुर, उदयपुर र तेह्रथुमका एक–एक र प्रदेश बाहिरका तीन रहेका छन् ।

योसँगै प्रदेश १ मा कोरोना सङ्क्रमितको सङ्ख्या ७७ हजार ९३७ पुगेको छ । अझै पनि प्रदेशमा सक्रिय सङ्क्रमित सङ्ख्या पाँच हजार ६३७ रहेको मन्त्रालयले जनाएको छ ।

Advertisement
Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top