कर्मचारीतन्त्रबाट असहयोग भएको मुख्यमन्त्री राउतकाे टिप्पणी

१९ असार ७५, मंगलबार
Share this
735shares

महेन्द्रनगर, असार १९

Advertisement

मुख्यमन्त्री लालबाबु राउतले संघीयताको सफल कार्यान्वयनका लागि राजनीतिक प्रतिबद्धता र कर्मचारीको सर्वस्वीकार्यता आवश्यक रहेको बताएका छन्।

जनकपुरमा आज आयोजित ‘संक्रमणकालीन संघीयताको व्यवस्थापन’ विषयको कार्यशाला गोष्ठी उद्घाटन सत्रलाई सम्बोधन गर्दै उनले लामो संघर्ष र बलिदानीले प्राप्त संघीयताको भविष्य प्रदेश नं २ को सफलतामा निर्भर रहेको तथा संघीयताको सफल कार्यान्वयनका लागि आफूहरु जस्तोसुकै कदम उठाउन तयार रहेको दृढता व्यक्त गरे ।

Advertisement

सामाजिक विकासमन्त्री नवलकिशोर साहको अध्यक्षतामा भएको उद्घाटन सत्रमा उनले माथिको कर्मचारीतन्त्रले असहयोग गर्ने प्रयास गरिरहेको टिप्पणी गर्दै उनले असहयोगको प्रयास भए आफूहरु करारमा कर्मचारी भर्ना गरेर प्रदेश चलाउन बाध्य हुने चेतावनी दिए ।
रासस

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top