बाघको सङ्ख्या वृद्धि हुँदै जाने राष्ट्रपतिको विश्वास

१४ साउन, काठमाडौं ।
राष्ट्रपति विद्यादेवी भण्डारीले नेपालले अन्तर्राष्ट्रियस्तरमा गरेको प्रतिबद्धताबमोजिम बाघको लक्षित सङ्ख्या पूरा हुने विश्वास व्यक्त गरेकी छन् । विश्व बाघ दिवसका अवसरमा आज शुभकामना सन्देश दिँदै राष्ट्रपति भण्डारीले नेपालले सन् २०१० लाई आधार वर्ष मानी सन् २०२२ सम्म बाघको सङ्ख्या १२१ बाट दोब्बर बढाई २५० र्पुयाउने लक्ष्य राखेकामा हाल यो सङ्ख्या २३५ पुगिसकेको थाहा पाउँदा खुशी लागेको र बाँकी समयावधिमा तोकिएको लक्ष्य पूर्णरूपमा हासिल हुने विश्वस्त व्यक्त गरेकी हुन् ।

उनले ‘बाघको अस्तित्वः मानवको दायित्व’ भन्ने मूल सङ्कल्पका साथ मनाइने दिवसका सन्दर्भमा नेपालले बाघ संरक्षणमा उल्लेखनीय नतिजा हासिल गरी विश्वसामु विशेष सन्देश दिन सफल भएको जनाएकी छन् । राष्ट्रपतिको सन्देशमा पृथ्वीमा बाघको अस्तित्वमाथि नै सङ्कट आइसकेको अवस्थामा यसको पुनरुत्थान गर्न ठूलो चुनौती खडा भएको जनाइएको छ ।

“बाघको बासस्थान व्यवस्थापन, बाघको चोरी सिकारी एवं गैरकानूनी व्यापार नियन्त्रणमा नेपाली सेनालगायतका सुरक्षा निकायको संरक्षणमा मध्यवर्ती क्षेत्रका स्थानीय बासिन्दाको सहभागिता र विभिन्न राष्ट्रिय तथा अन्तरराष्ट्रिय सहयोगी संस्थाको निरन्तर सहकार्यबाट यस्तो सकारात्मक परिणाम प्राप्त गर्न सम्भव भएको हो”, सन्देशमा भनिएको छ, “जलवायु परिवर्तनले पारिरहेको नकारात्मक प्रभावलाई न्यूनीकरण गर्न जैविक विविधताको संरक्षण गर्दै स्वच्छ र स्वस्थ पारिस्थितिकीय प्रणालीमा समेत सकारात्मक प्रभाव पार्ने बाघको संरक्षण गर्नु अत्यावश्यक रहेको छ ।”(

Advertisement

“बाघको बासस्थान व्यवस्थापन, बाघको चोरी सिकारी एवं गैरकानूनी व्यापार नियन्त्रणमा नेपाली सेनालगायतका सुरक्षा निकायको संरक्षणमा मध्यवर्ती क्षेत्रका स्थानीय बासिन्दाको सहभागिता र विभिन्न राष्ट्रिय तथा अन्तरराष्ट्रिय सहयोगी संस्थाको निरन्तर सहकार्यबाट यस्तो सकारात्मक परिणाम प्राप्त गर्न सम्भव भएको हो”, सन्देशमा भनिएको छ, “जलवायु परिवर्तनले पारिरहेको नकारात्मक प्रभावलाई न्यूनीकरण गर्न जैविक विविधताको संरक्षण गर्दै स्वच्छ र स्वस्थ पारिस्थितिकीय प्रणालीमा समेत सकारात्मक प्रभाव पार्ने बाघको संरक्षण गर्नु अत्यावश्यक रहेको छ ।”

भर्खरको समाचार

इरानी मिडियाले सार्वजनिक गर्यो युएस–इरान सम्झौताका मुख्य बुँदा

flags of USA and Iran

कांग्रेसका एक लाख बढी क्रियाशील सदस्य घट्न सक्ने

gagan thapa

आज राति कतारले स्विट्जरल्यान्डको सामना गर्ने, टोली उच्च दबाबमा

FIFA-2018-World-Cup-Featured-1366x768

आजको मौसम :  कोशीमा भारी वर्षा, पहाडी भेगमा चट्याङ्गको सम्भावना

mausam-2075-12-18-768x388

३१ वर्षदेखि थन्किएको प्रतिवेदन कार्यान्वयन गर्ने सरकारको निर्णय

b5fc9095-b836-4ece-9599-342d56381717

student visa मा ’किर्ते’ धन्दा : कागजमा मात्रै कलेज र विद्यार्थी

Ballmiki-Campus

बीपी राजमार्गमा भयानक बस दुर्घटना, ठूलो हताहतीको आशंका

22a8a24f-68ca-4fea-b4f7-43597b6b85fc

अर्थमन्त्रीले फाइल खोल्ने भनेपछि विपक्षी एक मुख लागे

Finance Ministry_-199

विश्वकप फुटबलः को कति सफल ? कसले कति खेले, कति जिते ?

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाल–भारत सीमा क्षेत्र सुस्तामा बिहानैदेखि तनाव

713308110_1389978686494718_5103644594415436128_n

सम्बन्धित समाचार

Scroll to Top