×

NEPAL TIMES UPDATES

Playing
वैशाख १२ को एक दशकः भत्किएका संरचना कति बने, कति बाँकी? || Nepal Times
Apr 25, 2026
Playing
बलिङ चम्किँदा यूएईमाथि नेपालको जित|| Nepal Times
Apr 25, 2026
Playing
Watch Top15 News Of The Day in 6 Minutes || Nepal Times
Apr 25, 2026
Playing
थापाथलीका सुकुमबासीः ९०%सँग अन्यत्रै जग्गा, एकै जनासँग २५ रोपनी || Nepal Times
Apr 25, 2026
Playing
सरकारले कसरी ‘स्क्रिनिङ’ गर्दैछ वास्तविक सुकुम्बासी ? || Nepal Times
Apr 25, 2026
Playing
यु*द्धमा असहयोग गरेको भन्दै नेटोलाई दण्ड दिने ट्रम्पको तयारी || Nepal Times
Apr 25, 2026
Playing
World News: नेतन्याहुलाई क्यान्सर, दक्षिण एसियाली बेहुली अब ‘वान ग्राम गोल्ड’तर्फ || Nepal Times
Apr 25, 2026
Playing
Top 15 Afternoon News || April-25-2026 || Nepal Times
Apr 25, 2026
Playing
नेतन्याहुले ट्रम्पलाई घुमाए, भ्रममा पारेर इरानमा फसाए|| Nepal Times
Apr 25, 2026
Playing
समाजसेवीको आवरणमा आर्थिक अपराध? शेखर गोल्छा किन प क्राउ परे ? || Nepal Times
Apr 25, 2026

घट्न सकेन आत्महत्या, बलात्कार र ज्यानसम्बन्धी अपराध

१४ श्रावण २०७८

१४ साउन, काठमाडौं ।
मुलुकमा जनचेतनामूलक कार्यक्रम र प्रहरीको सक्रियता बढे पनि बलात्कार (जबर्जस्ती करणी) र ज्यानसम्बन्धी अपराध घट्न सकेको छैन । कोभिड–१९ का कारण मुलुक आक्रान्त भई बन्दाबन्दीमा रहँदासमेत जघन्य प्रकृतिका घटना बढोत्तरी हुनुले अवस्था चुनौतीपूर्ण देखाएको छ । नेपाल प्रहरीका अनुसार विभिन्न ११ जघन्य तथा गम्भीर प्रकृतिका घटनामध्ये अधिकांश घटनाका मुद्दा दर्ता गर्ने क्रम बढेको छ ।

नेपालमा दैनिक ११० गम्भीर प्रकारका घटना हुने गरेको पाइएको छ । तीमध्ये सबैभन्दा बढी १७ दशमलव ४४ प्रतिशत आत्महत्याका घटना रहेका छन् । गत वर्ष दैनिक १९ जनाले आत्महत्या गर्ने गरेका पाइएको छ । यस्तै दैनिक सात महिला तथा बालिका जबर्जस्ती करणीमा परेका छन् । यद्यपि समग्र घटना सङ्ख्या हेर्दा जघन्य र गम्भीर प्रकृतिका घटना दर्तामा केही कमी आएको देखिन्छ ।

Advertisement
Advertisement

केन्द्रीय प्रहरी प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक वसन्तबहादुर कुँवरले समग्र जघन्य प्रकृतिका घटना केही प्रतिशतले घटेको तर कर्तव्य ज्यान, जबर्जस्ती करणी, आत्महत्यालगायतका घटना भने बढेको बताए । प्राप्त विवरणअनुसार आव २०७६÷७७ मा कर्तव्य ज्यानका ५५५ घटना भएकामा आव २०७७÷७८ मा यसमा वृद्धि ६९७ पुगेको छ । यो आव २०७६÷७७ को तुलनामा गत आर्थिक वर्षमा २५ दशमलव ५८ प्रतिशतले वृद्धि हो । त्यसको अघिल्लो दुई आर्थिक वर्षभन्दा पनि यसपालि कर्तव्य ज्यानसम्बन्धीका घटनामा वृद्धि भएको नेपाल प्रहरीले जनाएको छ ।

गत आर्थिक वर्षमा जबर्जस्ती करणीका घटना पनि झण्डै २१ प्रतिशतले वृद्धि भएको छ । आव २०७६÷७७ मा दुई हजार १४४ करणीका मुद्दा दर्ता भएकामा गत आवमा बढेर दुई हजार ५३४ पुगेको छ । त्यसको अघिल्लो दुई आवमा क्रमशः एक हजार ४८० र दुई हजार २३० करणीका मुद्दा दर्ता भएको प्रहरीको अभिलेख छ ।

प्रहरी प्रवक्ता कुँवरले जबर्जस्ती करणीका घटना भने नजिकका र चिनेजानेका व्यक्तिबाट नै हुने गरेको बताए । “उनीहरुबाट ८२ दशमलव २० प्रतिशत महिला करणी भएका छन्”, उनले भने, “अझ सबैभन्दा बढी ११ देखि १८ वर्षका बालिका करणीमा पर्ने गरेका देखियो ।” उहाँका अनुसार कूल जबर्जस्ती करणीका घटनामध्ये उक्त उमेर समूहका ५३ दशमलव २४ प्रतिशत बालिका बलात्कृत हुन्छन् । झण्डै १२ प्रतिशत १० वर्षमुनिका बालिकामाथि बलात्कार हुने गरेको तथ्याङ्क प्रहरीसँग छ ।

जबर्जस्ती करणी र कर्तव्य ज्यानसहित आत्महत्या, ज्यान मार्ने उद्योग, लागुऔषध तथा बैंकिङ कसुरसम्बन्धीका घटना भने अघिल्लो आवभन्दा गत आवमा बढेको पाइएको छ । प्रहरीको सार्वजनिक अभिलेखानुसार आत्महत्या १४ दशमलव चार प्रतिशतले बढेको छ । आव २०७६÷७७ मा आत्महत्याका छ हजार २४१ घटना भएकामा आव २०७७÷७८ मा बढेर सात हजार ११७ पुगेको छ । यस हिसाबले नेपालमा दैनिक १९ ले आत्महत्या गरेका छन् ।

जबर्जस्ती करणी उद्योग पनि छ दशमलव ९९ प्रतिशतले बढेको छ । लागुऔषधसम्बन्धी घटना चार दशमलव ४४, बैंकिङ कसुर २८ दशमलव २९, ज्यान मार्ने उद्योग २० दशमलव ९४ प्रतिशतले बढेको छ ।

मानव बेचबिखन र सङ्गठित अपराध घट्यो

नेपाल प्रहरीले मानव बेचबिखन तथा सङ्गठित अपराध, चोरी, साइबर अपराधका घटना दर्ता भने घटेको छ । गत वर्ष सबैभन्दा बढी ४६ दशमलव १५ प्रतिशतले सङ्गठित अपराधका घटनामा कमी आएको छ । अघिल्लो वर्ष प्रहरीमा उक्त अपराधका २६ घटना दर्ता भएकामा गत वर्ष घटेर १४ मा झरेको छ ।

मानब बेचबिखनतर्फ २५ दशमलव छ प्रतिशतले अपराध घटेर १२२ मा झरेको छ । अघिल्लो वर्ष १६४ बेचबिखनका मुद्दा दर्ता भएको थियो । यस्तै चोरीका घटना दुई दशमलव ८२ र साइबर अपराधका ११ दशमलव ११ प्रतिशतले घटेका प्रहरी प्रधान कार्यालयले जनाएको छ ।

प्रहरीद्वारा प्रगति प्रतिवेदन सार्वजनिक

प्रहरी प्रधान कार्यालयले आज पत्रकार सम्मेलनमार्फत गएको वर्ष गरेका काम कारवाही तथा प्रहरी सुधारसम्बन्धी प्रगति विवरण सार्वजनिक गरेको छ ।

उक्त समारोहमा प्रहरी नायब महानिरीक्षक वसन्त लामाले प्रहरी प्रधान कार्यालय कानूनले दिएको अधिकार प्रयोग गर्दै अपराध नियन्त्रण गरी शान्ति सुरक्षा कायम गर्न सक्रिय भएर लागेको जानकारी दिनुभयो । उहाँले कार्ययोजनाका साथ प्रहरी सुधारका कार्यक्रमसमेत सँगसँगै लगिएको बताए ।

पत्रकार भेटघाटनका क्रममा गृह प्रशासन सुधार योजना २०७४ को कार्यान्वयनको अवस्था, विभिन्न तहमा भएको कार्यसम्पादन सम्झौता, प्रहरी हवल्दार तथा जवानको उत्प्रेरणा अभिवृद्धि कार्यक्रम, प्रहरी आचारसंहिता कार्यान्वयन र गुनासा सम्बोधनका सवालमा भए गरेका प्रगति विवरणबारे जानकारी गराइएको थियो ।

Advertisement

समारोहमा कोभिड–१९ को महामारीका बेला प्रहरीले खेलेको भूमिका, विपद्का घटनामा प्रहरीले गरेको काम कारवाही, आपराधिक गतिविधि र त्यसका नियन्त्रणका प्रयास, हातहतियार बरामद, राजस्व सङ्कलन तथा सवारी दुर्घटना र त्यसको न्यूनीकरणमा प्रहरीले खेलेको भूमिकाका बारेमा पनि जानकारी गराइएको थियो । नारायण ढुङ्गाना/रासस

भर्खरको समाचार

बालेनलाई सुकुम्बासीको सहयोग, शान्तिपूर्ण चल्यो डोजर

680114328_961789743107710_1313447741745316430_n

स्वागत नगरेको भन्दै सांसद विश्वराजले प्रधानाध्यापकलाई थर्काए, अहंकारको पराकाष्ठा

1569e5cc-f7be-4341-96dd-a772970307a0

देउवाले उल्टाउन नसकेको ओलीको निर्णय बालेनले उल्ट्याइदिए

677108931_958688953417789_3450960544499223528_n

काठमाडौंमा चीन vs अमेरिका vs भारतः विदेशी मन्त्रीहरुको दौडधुप किन बढ्यो?

0a03b400-ca0e-429c-9985-e9aeed50e92d

प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपतिको पक्षमा उभिए हर्क साम्पाङ

harka-sampang-samsad (1)

रविविरुद्धको मुद्दा सुनुवाइको लागि पूर्ण इजलासमा पेसी तोकियो

rabi

होर्मुजमा बारूदी सुरूङ हटाउन अमेरिकालाई ६ महिना लाग्ने

Ships and tankers in the Strait of Hormuz off the coast of Musandam, Oman, April 18, 2026. REUTERS

रवि र बालेनलाई मिलाउने ’मध्यस्थकर्ता’ को बर्हिगमन

675339936_959607513325933_4791161060987648326_n

इरान युद्धमा एक्लिदै ट्रम्प,अमेरिकी नौसेना प्रमुखको राजीनामा, मृत्युदण्ड रोकियो

Trump-Meets-With-Airline-Industry-CEOs-At-The-White-House-GettyImages-634384672-e1531160098739-1024x503

शनिबारदेखि आइतबारसम्ममा थापाथलीको सुकुम्बासी बस्ती खाली हुने

675179624_957832480170103_1281439396769404877_n

सम्बन्धित खबरहरु

Scroll to Top