×

NEPAL TIMES UPDATES

Playing
उपसभामुखमा रुबी ठाकुर निर्वाचित, रचिन् इतिहास || Nepal Times
Apr 10, 2026
Playing
Watch Top50 News Of The Day || Chaitra-27-2082 || Nepal Times
Apr 10, 2026
Playing
उपसभामुखमा साथ नपाएपछि रास्वपासँग रिसाए ज्ञानेन्द्र र खुश्बु || Nepal Times
Apr 10, 2026
Playing
ओली–लेखक जमानतमा रिहा, मुद्दा ज्यूँका त्यूँ, अब के हुन्छ ? || Nepal Times
Apr 10, 2026
Playing
देउवालाई इन्टरपोल मार्फत नेपाल ल्याउन छैन् सहज || Nepal Times
Apr 10, 2026
Playing
राष्ट्रपतिले संसद्को संयुक्त बैठकलाई गरेको सम्बोधनको पूर्ण पाठ || Nepal Times
Apr 10, 2026
Playing
रुबीलाई बहिनी भनिएकोमा हर्कको आपत्ति,माननीय भनौं, ज्येष्ठ नागरिकलाई सम्मान गरौं|| Nepal Times
Apr 10, 2026
Playing
World News: अमेरिकी र इरानी इस्लामाबादमा एउटै टेबलमा,खामेनीले भने इरानले विश्वलाई चकित पार्याे
Apr 10, 2026
Playing
बालेन सरकारको निर्णयविरुद्ध विद्यार्थी आ*न्दोलित, कालापानी पनि एजेण्डा|| Nepal Times
Apr 10, 2026
Playing
अंश विवादको भया वह अ न्त्य, ४२ वर्षीया महिलाको ह त्या, भान्जा प क्रा उ || Nepal Times
Apr 10, 2026

इटहरीमा लैङ्गिक हिंसा न्यूनीकरणसम्बन्धी एकदिने अभियान

२२ असार २०७५

इटहरी, असार २२

राष्ट्रपति महिला उत्थान कार्यक्रमअन्तर्गत स्थानीय तहका जननिर्वाचित प्रतिनिधिका लागि लैङ्गिक हिंसा न्यूनीकरणसम्बन्धी एकदिने अभियान कार्यक्रम सुनसरी जिल्लाको इटहरीमा आज प्रारम्भ गरिएको छ । महिला तथा बालबालिका विभागको आयोजनामा भएको उक्त अभियान कार्यक्रममा गाउँघरमा नै कसरी जनप्रतिनिधिमार्फत विभिन्न नामबाट हुने गरेको लैङ्गिक विभेद एवं हिंसालाई कसरी न्यूनीकरण गर्न सकिन्छ भन्ने विषयमा सचेत र सक्षम जनप्रतिनिधि तयार पार्नु उक्त अभियानको मुख्य उद्देश्य रहेको बताइएको छ ।

Advertisement
Advertisement

समाजमा विद्यमान लैङ्गिक हिंसा महिला वा पुरुषबाट चलिनै रहेकाले यसलाई कसरी कम गर्ने वा न्यूनीकरण गर्ने भन्ने विषयमा जननिर्वाचित पदाधिकारीद्वारा गाउँघरमा सचेतनापूर्वक अघि बढाउन सकियो भने भयावह अवस्थामा रहेको लैङ्गिक हिंसामा कमी ल्याउन सकिन्छ भन्ने भावनाले प्रेरित भएर यो कार्यक्रम अघि बढाएको पनि जानकारी दिइएको छ ।

कार्यक्रमको संयोजक एवं इटहरी उपमहानगरपालिकाको उपप्रमुख लक्ष्मी गौतमको अध्यक्षमा भएको उक्त अभियानमा जिल्ला समन्वय समिति सुनसरीको उपाध्यक्ष कृष्णकुमारी विश्वकर्माले पुरुष वा महिलाबाट हुने गरेको हिंसा चाहे त्यो पुरुषले महिलामाथि गर्ने र महिलाले पुरुषमाथि गर्ने हिंसा दुवै मानव अधिकार उल्लङ्घनको जघन्य अपराध भएकाले यसमा कमी ल्याउन सबैले आ–आफ्नो स्थानबाट दायित्व निर्वाह गर्न जरुरी छ भनिन् ।

उक्त अभियान कार्यक्रममा इटहरी उपमहानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत छवि रिजाल, महिला तथा बालबालिका विभागका अधिकृत हरिप्रसाद अधिकारी, दुहवी नगरपालिकाका उपप्रमुख सुनिता दाहाल, बराहक्षेत्र नगरपालिकाका उपप्रमुख कमला मगर, नेपाल पत्रकार महासंघ सुनसरीका अध्यक्ष अमर खड्का र सुनसरी महिला तथा बालबालिका कार्यालयकी प्रमुख निर्जला चुडाललगायतले बोलेका थिए।

इटहरी उपमहानगरपालिका तथा दुहवी, रामधुनी र बराहक्षेत्र नगरपालिकाका जननिर्वाचित पदाधिकारीको सहभागिता रहेको अभियान कार्यक्रममा बोक्सी हुँदैन भन्ने अग्नि दहन चलचित्रसमेत प्रस्तुत गरी गाउँघर र समाजमा विद्यमान बोक्सी प्रथाविरुद्ध कसरी सचेत रहने भन्ने ज्ञानसमेत दिने कार्यक्रम अभियानमा समावेश गरिएको छ ।
रासस

Advertisement

भर्खरको समाचार

श्रम मन्त्री बर्खास्तमा परेपछि पत्नीले दिइन स्पष्टीकरण

Shram-Mantri-e1775540134843-768x509

अमेरिकी सेना आराम गरिरहेका छन्, इरानको हात ‘ट्रिगर’ मै छ

donald_trump

फेरि बढ्यो पेट्रोलियम पदार्थको भाउ, पेट्रोल लिटरको २१९

petrol-pump-india_AFP

रविले खोलेको सिंहदरबारको ढोका बालेनले थुनिदिए

singhdarbar

ओली र लेखक रिहा, पत्नीले लिए जिम्मा, ओलीले हिरासत अस्पतालमै कटाए

Sudhan Gurung Grihamantri_NPL (3)

सिंगापुर र हङकङमा देउवा, उपचार कि सम्पत्ति व्यवस्थापन ?

deuba-aarju

ओली–लेखकको हिरासत म्याद आज सकिँदै, रिहा होलान् ?

oli lekhak

आज हावाहुरीसहित वर्षा र हिमपात, ४ जिल्लामा चट्याङसहित वर्षा

Mausam

कुनैपनि बेला युद्धविराम भंग हुन् सक्ने, लेबनानमा २५४ जना मारिए

trump

इरानी जनताको अभूतपूर्व एकता, जसले ट्रम्पलाई झुकायो,रातभर जाग्राम

US-Iran-1

सम्बन्धित खबरहरु

Scroll to Top