कुलमान भन्छन् – दोस्रो कार्यकालमा जीवनकै ठूलो चुनौती

२७ साउन, काठमाडौं ।

Advertisement

नेपाल विद्युत प्राधिकरणका नवनियुक्त कार्यकारी निर्देशक कुलमान घिसिङले दोस्रो कार्यकालमा आफ्नो जीवनकै ठूलो चुनौती थपिएको बताएका छन्।

कार्यकारी निर्देशकमा पदबहालीपछि बुधबार आयोजित स्वागत तथा शुभकामना आदानप्रदान कार्यक्रममा निर्देशक घिसिङले यस्तो बताएका हुन्।

Advertisement

उनले भने, ‘दोस्रो इनिङ स्वीकार गरेर मैले ठूलो चुनौती स्वीकार गरेको छु । यो मेरो जीवनकै सबभन्दा ठूलो चुनौती जस्तो लाग्छ,  यो चुनौतीभन्दा अरु केही हुनेछैन।’

उनले प्राधिकरणलाई अगाडि बढाउनुपर्छ भन्ने जनअपेक्षा आएकाले चुनौती स्वीकार गरेको बताए। उनले भने,’ यो चुनौती म एक्लैले गर्न सक्दैन। सबै मिलेर काम गर्नुपर्छ। टिमवर्कले काम गर्नुपर्छ।’

Advertisement

व्यक्तिगत रुपमा दोहोरिनै पर्छ भन्ने मत नभएपनि विद्युत प्राधिकरणको आवश्यकता, सरकारको निर्णयका साथै जनअपेक्षाका कारण यो चुनौती स्वीकार गरेको उनले बताए ।

उनले विधुत प्राधिकरणको सेवालाई अझ राम्रो बनाउने प्रतिवद्धता जनाए । उनले अनियमिताबारे गुनासाहरु आएको भन्दै सुशासन र गुणस्तरीय सेवालाई प्राथमिकतामा राख्ने विश्वास व्यक्त गरे।

सोमबार बसेको मन्त्रिपरिषद बैठकले घिसिङलाई दोस्रो पटक विद्युत प्राधिकरणको कार्यकारी निर्देशकमा नियुक्त गरेको हो। २०७७ भदौमा ४ वर्षे कार्यकाल पुरा गरी विदा भएका घिसिङलाई सरकारले पुनः प्राधिकरणको कार्यकारी निर्देशकमा नियुक्त गरेको हो। उनलाई ४ वर्षका लागि नियुक्त गरिएको हो।

यसअघि कार्यकारी निर्देशक रहेका हितेन्द्रदेव शाक्यलाई भने सरकारले विशिष्ट श्रेणी (सचिव) सरह जल तथा उर्जा आयोगको पूर्णकालीन सदस्यमा नियुक्त गरेको छ ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top