मुख्यमन्त्री पोखरेलको राजीनामा स्वीकृत

२७ साउन ७८, बुधबार
Share this
709shares

२७ साउन, काठमाडौं ।

Advertisement

लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलकाे राजीनामा स्वीकृत भएको छ।

पोखरेलले आफूमाथिको अविश्वास प्रस्तावबारे छलफल हुन बोलाइएको विशेष अधिवेशन सुरु हुनुअघि बुधबार प्रदेश प्रमुख अमिक शेरचनलाई राजीनामा बुझाएका थिए। प्रदेश प्रमुखले राजीनामा स्वीकृत गरेकाे जानकारी सभामुखलाई गराएका छन् ।

Advertisement

‘प्रदेशका माननीय मुख्यमन्त्री शंकर पोखरेलले आज मिति २०७८/४/२७ गते अपराह्न १:१५ बजे नेपालको संविधानको धारा १६९ को उपधारा (१) को खण्ड (क) बमोजिम मुख्यमन्त्री पदबाट राजीनामा दिनुभएको व्यहोरा प्रदेश सभाका माननीय सदस्यहरुको जानकारीको लागि पठाएको छु’, शेरचनले प्रदेश सभामुखलाई पठाएको पत्रमा भनिएको छ।

मुख्यमन्त्री पोखरेलविरुद्ध साउन १९ गते अविश्वास प्रस्ताव दर्ता भएको थियो। प्रदेश सभामा अल्पमतमा रहेका मुख्यमन्त्रीले अविश्वासको प्रस्ताव झेल्नुभन्दा राजीनामा दिने उपाय रोजेका हुन्।

Advertisement

 एमालेको प्रदेश संसदीय दलले उनलाई स्वविवेक प्रयोग गर्न भनेको थियो।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top