२० युनिटसम्म खपत गर्नेलाई निःशुल्क बिजुली दिने सरकारको निर्णय

२७ साउन, काठमाडौं ।

Advertisement

सरकारले २० युनिटसम्म खपत गर्ने विपन्न वर्गको ग्राहकहरुलाई निःशुल्क विद्युत उपलब्ध गराउने भएकाे छ। ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालले बुधबार पत्रकार सम्मेलन गर्दै नेपाल विद्युत प्राधिकरण सञ्चालक समितिले उक्त निर्णय गरिसकेको जानकारी दिइन् ।

उनले उक्त प्रस्ताव विद्युत नियमन आयोगमा पठाइएकाे जानकारी दिइन् । उनले भनिन्, ‘महसुलबारेको निर्णय विद्युत नियमन आयोगले गर्ने भएकाले त्यहाँ प्रस्ताव पठाइएको छ, आयोगले निर्णय गरेको दिनबाट यो महसुलदर लागू हुन्छ ।’

Advertisement

यसअनुसार महिनामा २० युनिट मात्रै खपत गर्ने ग्राहकले ३० रुपैयाँको डिमान्ड शुल्क मात्रै तिर्दा हुनेछ ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Desktop Popup ImageMobile Popup Image×
Scroll to Top