लुम्बिनी सरकारले मिर्गौला, क्यान्सर र मुटु रोगीलाई दुई लाख सहयोग गर्ने

२९ साउन, रुपन्देही ।

लुम्बिनी प्रदेश सरकारले मिर्गौला, क्यान्सर र मुटु रोगका बिरामीलाई दुई लाख आर्थिक सहयोग गर्ने निर्णय गरेको छ । बिहीबार नयाँ गठन भएको मन्त्रिपरिषद्को पहिलो बैठकले यसअघि उपचारका लागि रु एक लाख पाइरहेका बिरामीलाई थप रकम सहयोग गर्ने निर्णय गरेको हो ।

यस्तै सरकारले कोभिड–१९ का बिरामीको उद्धार गर्न हटलाइन र एम्बुलेन्सको व्यवस्था गर्ने र त्यस्तो खर्च प्रदेश सरकारले बेहोर्ने निर्णय गरेको छ । बैठकले कोराना प्रभावित क्षेत्रमा स्वास्थ्य शिविरमार्फत एन्टिजेन परीक्षणको व्यवस्था गरी कोभिड प्रभावितको उपचार र उद्धार गर्ने र कोभिड–१९ विरुद्धको खोप वितरण प्रणालीलाई प्रभावकारी बनाई प्रदेशवासी जनतालाई खोपको सुनिश्चितता गर्न विशेष व्यवस्था गर्ने निर्णय गरेको छ ।

Advertisement

यसैगरी बैठकले मातृ मृत्युदर कम गर्न लुम्बिनी प्रदेशका स्थानीय तहको भागको आधारमा एकएक वटा पोर्टेबल अल्ट्रासाउण्ड मेसिनसहित तालिम प्राप्त नर्सको व्यवस्था गर्ने निर्णय गरेको छ । बैठकले प्रदेश सरकारको प्रवक्तामा आर्थिक मामिला तथा योजनामन्त्री कृष्णध्वज खड्का र मुख्यमन्त्रीको प्रमुख सल्लाहकारमा अमरबहादुर डाँगीलाई नियुक्त गरेको छ ।रासस

भर्खरको समाचार

३१ वर्षदेखि थन्किएको प्रतिवेदन कार्यान्वयन गर्ने सरकारको निर्णय

b5fc9095-b836-4ece-9599-342d56381717

student visa मा ’किर्ते’ धन्दा : कागजमा मात्रै कलेज र विद्यार्थी

Ballmiki-Campus

बीपी राजमार्गमा भयानक बस दुर्घटना, ठूलो हताहतीको आशंका

22a8a24f-68ca-4fea-b4f7-43597b6b85fc

अर्थमन्त्रीले फाइल खोल्ने भनेपछि विपक्षी एक मुख लागे

Finance Ministry_-199

विश्वकप फुटबलः को कति सफल ? कसले कति खेले, कति जिते ?

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाल–भारत सीमा क्षेत्र सुस्तामा बिहानैदेखि तनाव

713308110_1389978686494718_5103644594415436128_n

बागमती प्रदेशका आधा दर्जन जिल्लामा वर्षा, आज कहाँ कहाँ पर्छ पानी ?

mausam-2075-12-18-768x388

फास्ट ट्रयाक निर्माण कछुवा गतिमा ,अर्थमन्त्रीले घटाइदिए बजेट

swarnim wagle

किन डुब्यो हेटौँडा सिमेन्ट ? बालेन सरकारले कसरीे बचाउला ?

Current situation of Hetauda Ciment factory at Hetauda. Photo: Prakash Chandra Timilsena/Nepal Photo Laibrary

निजामती सेवामा ५५ वर्षे उमेर हद र ३० वर्षे सेवा अवधि ?

nijamati

सम्बन्धित समाचार

Scroll to Top