सकियो २७ सम्पदाको पुनःनिर्माण, २० को शुरु हुनै बाँकी

२८ साउन ७८, शुक्रबार

२९ साउन, काठमाडाैँ ।

विश्व सम्पदा सूचीमा सूचीकृत हनुमानढोका दरबार क्षेत्रका २७ सम्पदाको पुनःनिर्माण सम्पन्न भएको छ । विसं २०७२ वैशाख १२ गतेको भूकम्पले क्षतिग्रस्त ५८ सम्पदामध्ये २१ वटाको पुनःनिर्माण भइरहेको हनुमानढोका दरबार हेरचाह अड्डाले जनाएको छ ।

विश्व सम्पदा क्षेत्रमा रहेका ७० सम्पदामध्ये १४ वटामा कुनै क्षति नभएको अड्डाका कार्यालय प्रमुख सन्दीप खनालले जानकारी दिए । “हाल बनिरहेका सम्पदाको काम नसकी अरु काम गर्न नमिल्ने भएकाले २० सम्पदाको काम अझै सुरु हुन सकेको छैन, माजुदेगअघि कामदेव मन्दिर छ, माजुदेग पुनःनिर्माण नसकी कामदेव मन्दिरको काम गर्न सकिँदैन”, उनले भने ।

Advertisement

हनुमानढोका विकास समितिबाट पुनःनिर्माण भइरहेको गद्दी बैठक र नौतले भवनको बीचमा रहेको राणाकालीन सेतो भवन, फरास खाना, पृथ्वीनाराण शाहको शयन कक्ष, जैशी देवल र दश अवतार आगामी तीन महिनाभित्र पुनःनिर्माण सम्पन्न गर्ने गरी तीव्ररूपमा काम भइरहेको छ । त्यसैगरी यहाँको अर्को महत्वपूर्ण सम्पदा काष्ठमण्डप पनि दशैंअगावै सक्ने गरी काम भइरहेको छ । हाल यस सम्पदामा गजुर राख्ने तयारी छ ।

आगम्छे घर जापानी सहयोग नियोग (जाइका) को अनुदान सहयोगमा पुनःनिर्माण भइरहेको अड्डाले जनाएको छ । जगन्नाथ र गोपीनाथ मन्दिर बागमती प्रदेश पूर्वाधार विकास कार्यक्रमअन्तर्गत पुनःनिर्माण भइरहेको छ । कामपाबाट पुनःनिर्माण भइरहको माजुदेग, शिवपार्वती मन्दिर र नारायण मन्दिरको भने निर्माण कार्य सुस्त गतिमा भइरहेको छ ।

हनुमानढोका दरबार क्षेत्रको नौतले दरबार चीन सरकारको अनुदान सहयोगमा पुनःनिर्माण भइरहेको छ । दरबारको ७० प्रतिशत काम सकिएको छ । कोरोना महामारीका कारण नौतले दरबार पुनः निर्माणमा केही ढिलाइ भएको छ । नौतले दरबार सन् २०२२ सम्ममा सक्ने गरी सम्झौता भएको अड्डाले जनाएको छ । यसैगरी गद्दी बैठक अमेरिकाको सहयोगमा पुनःनिर्माण सम्पन्न भइसकेको छ ।

सूचना केन्द्र सञ्चालनको तयारी

विश्वभरि फैलिएको कोरोना महामारीका कारण अहिले यस सम्पदा क्षेत्रमा कोही पनि पर्यटक आउँदैनन् । आगामी दिनमा पर्यटक प्रबर्द्धनका लागि सूचना केन्द्र सञ्चालनको तयारी छ । यसका लागि सबै तयारी पूरा भए पनि कोरोनाका कारण रोकिएको हो । काष्ठमण्डप नजिकै रहेको सिंह सत्तलमा पहिलो तलामा पर्यटकका लागि जानकारी केन्द्र तयारी गरिएको हो । केन्द्रमा इन्टरनेटको सुविधासहित अडियो भिडियोको सुविधा हुनेछ । काठमाडौँका मुख्य जात्रा इन्द्रजात्रा, गाईजात्रा, सेतो मछिन्द्रनाथको जात्रा, कुमारी र कुमारी घरसँगै समग्र हनुमानढोकाका बारेमा जानकारी दिइने छ ।

केन्द्र सञ्चालन गर्न लागिएको हनुमानढोका दरबार क्षेत्र संरक्षण कार्यक्रमका आर्किटेक्ट इञ्जिनीयर अमित बज्राचार्यले जानकारी दिए । उनका अनुसार कोरोना हुनुभन्दा पहिले विदेशी आगन्तुकबाट लिएको प्रवेश शुल्कबाट नै वार्षिक रु २० करोडसम्म आम्दानी हुने गरेकामा अहिले लगभग शून्य रहेको छ । गत आर्थिक वर्षमा जम्मा रु एक लाख ५० हजार मात्र आम्दानी भएको छ ।

प्रताप मल्लले विसं १७२९ मा दरबारको मुख्य प्रवेशद्वार नजिकै हनुमानको मूर्ति स्थापना गराएपछि हनुमानढोका दरबार हुन गएको जानकार बताउँछन् । त्यसपछि श्री ५ पृथ्वीनारायण शाहले विसं १८२६ मा वसन्तपुर दरबार निर्माण गराएपछि यसलाई वसन्तपुर दरबार पनि भन्न थालिएको इतिहास छ । हनुमानढोका दरबारको सबैभन्दा पुरानो भाग विसं १६२० तिर तत्कालीन राजा महेन्द्र मल्लले बनाएको मूलचोकलाई मानिन्छ ।

सुन्दरीचोक, नासलचोक, भण्डारखाल बगैँचा, हनुमानको मूर्ति, तलेजु मन्दिर, जगन्नाथ मन्दिर, काल भैरव, काष्ठमण्डपलगायत वरिपरि रहेका अन्य सम्पदालाई पनि यहाँको महत्वपूर्ण सम्पदा मानिन्छ । यस स्थानमा मुख्यगरी विभिन्न ११ वटा महत्वपूर्ण चोक छन् । त्यसैगरी यहाँको अर्को महत्त्वपूर्ण सम्पदाका रूपमा रहेको प्रसिद्ध कुमारी घरको निर्माण कान्तिपुरका अन्तिम मल्ल राजा जयप्रकाश मल्लले विसं १८१३ मा गराएका हुन् ।रासस

भर्खरको समाचार

३१ वर्षदेखि थन्किएको प्रतिवेदन कार्यान्वयन गर्ने सरकारको निर्णय

b5fc9095-b836-4ece-9599-342d56381717

student visa मा ’किर्ते’ धन्दा : कागजमा मात्रै कलेज र विद्यार्थी

Ballmiki-Campus

बीपी राजमार्गमा भयानक बस दुर्घटना, ठूलो हताहतीको आशंका

22a8a24f-68ca-4fea-b4f7-43597b6b85fc

अर्थमन्त्रीले फाइल खोल्ने भनेपछि विपक्षी एक मुख लागे

Finance Ministry_-199

विश्वकप फुटबलः को कति सफल ? कसले कति खेले, कति जिते ?

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाल–भारत सीमा क्षेत्र सुस्तामा बिहानैदेखि तनाव

713308110_1389978686494718_5103644594415436128_n

बागमती प्रदेशका आधा दर्जन जिल्लामा वर्षा, आज कहाँ कहाँ पर्छ पानी ?

mausam-2075-12-18-768x388

फास्ट ट्रयाक निर्माण कछुवा गतिमा ,अर्थमन्त्रीले घटाइदिए बजेट

swarnim wagle

किन डुब्यो हेटौँडा सिमेन्ट ? बालेन सरकारले कसरीे बचाउला ?

Current situation of Hetauda Ciment factory at Hetauda. Photo: Prakash Chandra Timilsena/Nepal Photo Laibrary

निजामती सेवामा ५५ वर्षे उमेर हद र ३० वर्षे सेवा अवधि ?

nijamati

सम्बन्धित समाचार

Scroll to Top