काठमाडौं–हेटौंडा आउँदै गरेको ईभी माइक्रो दुर्घटनामा चारको मृत्यु, एक गम्भीर

३० भदौ ८३, मंगलबार
NepalTimes Samachar
Share this
674shares

काठमाडौं । मकवानपुरको इन्द्रसरोवर गाउँपालिका–२ स्थित महालक्ष्मी खोला नजिकै ईभी माइक्रो दुर्घटना हुँदा चार जनाको मृत्यु भएको छ। काठमाडौंबाट हेटौंडातर्फ आउँदै गरेको मधेश प्रदेश ०३–००१ ज ०७२० नम्बरको माइक्रो दुर्घटना हुँदा चार जनाको घटनास्थलमै मृत्यु भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय मकवानपुरले जनाएको छ। मृत्यु हुनेमा धनुषाको धनुषाधाम नगरपालिका–४ का सुरज भट्टराई र नवलपरासीको कावासोती नगरपालिका–१ का नरबहादुर ठकुरी रहेका छन्। अन्य दुई मृतकको पहिचान खुल्न बाँकी रहेकाे प्रहरीले जानकारी दिएकाे छ ।

Advertisement

उक्त दुर्घटनामा एक जना गम्भीर घाइते भएका छन्।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top