प्रधानमन्त्री देउवाले भने – मेरो प्रशंसा गर्दै बनाइएका भिडियोलाई रोक्न लगाइसकें

२९ साउन काठमाडौं ।
प्रधानमन्त्री शेरबहादुर देउवाले आफ्नो प्रशंसा गर्दै बनाइएका भिडियो रोक्न निर्देशन दिएको बताएका छन् । शुक्रबार नेपाली कांग्रेसको केन्द्रीय समिति बैठकमा प्रधानमन्त्रीको प्रशंसा गर्दै सार्वजनिक भएका भिडियोको विषयमा प्रश्न उठाएपछि प्रधानमन्त्री देउवाले भिडियो बनाउनेलाई रोक्न निर्देशन दिएको बताएका हुन् ।

Advertisement

बैठकमा देउवाको ध्यानाकर्षण गराउँदै केन्द्रीय सदस्य धनराज गुरुङले भनेका थिए ‘सत्तामा पुगेपछि विभिन्न खालका कुराहरु चर्चामा आउँछन् । आई लभ यू केपी बा भन्दै ओलीलाई सिंहदरबारबाट बालकोटको बार्दलीमा र्पुयाइयो । अहिले तपाईं प्रधानमन्त्री भएपछि मलाई शेरबहादुर देउवा मन पर्छ भनेर बनाइएका भिडियोहरु देखें, यस्ता खालका प्रचारबाट तपाईं सजग रहनुस् ।’

त्यसपछि नेता गुरुङले बोल्दै गर्दा प्रधानमन्त्री देउवाले उनलाई रोक्दै भने, ‘होइन, होइन मैले यो भिडियो बनाउनेलाई रोक्न निर्देशन दिइसकेको छु । अब यो भिडियो आउँदैन ।’

Advertisement

देउवा प्रधानमन्त्री भएलगत्तै उनको सचिवालयले ‘मलाई देउवा मन पर्छ’ भन्ने भिडियोहरु सार्वजनिक गर्दै आएको छ । भिडियोलाई लिएर सामाजिक सञ्जालदेखि कांग्रेसभित्रै टिकाटिप्पणी भइरहेको छ ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top