६ वर्षदेखि मलेसियामा रहेका सप्तरीका गोपाल प्रसादले ल्याए एसईईमा २.७५ जिपिए !

२८ साउन ७८, शुक्रबार

२९ साउन, जनकपुरधाम ।
वैदेशिक रोजगारीको शिलशिलामा ६ वर्षदेखि मलेसियामा रहेका सप्तकोशी नगरपालिका– १०, सप्तरीका गोपाल प्रसाद सन्तले यसपालिको एसईई परीक्षामा २.७५ जिपिए ल्याएका छन् ।

सन्त स्थानीय जनता माध्यमिक विद्यालय भगनी मलेठबाट एसईई उतीर्ण भएका हुन् । विदेशमा रहेका उनी एसईई उतीर्ण भएपछि चर्चाको विषय बनेको छ ।

उनका बुवा रामप्रसाद सन्त विद्यालयका सहयोगी रहेका छन् । स्रोतका अनुसार एसईई परीक्षा फारम भर्दा विद्यार्थी स्वयम् उपस्थित हुनुपन भएपनि बुवाले नै प्रधानाध्यापक श्याम चौधरीको मिलोमतोमा छोरालाई सबै कागजी प्रक्रिया पूरा गरी उतीर्ण गराएका हुन् ।

Advertisement

सप्तकोशी नगरपालिकाको शिक्षा शाखाले विदेशमा रहेका व्यक्ति कसरी एसईई उत्तिर्ण भए भन्ने विषयमा ‘विरण खुलाइ पठाउन’ विद्यालयलाई पत्र काटेको छ । पत्रमा भनिएको छ, ‘सम्बन्धित विद्यार्थीको प्रयोगात्मक परीक्षा कुन प्रक्रियाबाट लिइएको हो ? सम्पूर्ण तथ्य खुल्ने विवरणहरु तयार गरी २ दिनभित्र शिक्षा शाखामा पेश गर्नु हुन निर्देशानुसार अनुरोध छ ।’

साउन २६ गते नै विद्यालयलाई शिक्षा शाखाले पत्र पठाएर दुई दिन भित्र विवरण माग गरेको छ । तर आज तीन दिन बित्न लाग्दा पनि विद्यालयले जवाफ पेश गरेका छैन ।

प्रधानाध्यापक चौधरीले यस विषयमा बोल्न चाहेनन् ।

भर्खरको समाचार

३१ वर्षदेखि थन्किएको प्रतिवेदन कार्यान्वयन गर्ने सरकारको निर्णय

b5fc9095-b836-4ece-9599-342d56381717

student visa मा ’किर्ते’ धन्दा : कागजमा मात्रै कलेज र विद्यार्थी

Ballmiki-Campus

बीपी राजमार्गमा भयानक बस दुर्घटना, ठूलो हताहतीको आशंका

22a8a24f-68ca-4fea-b4f7-43597b6b85fc

अर्थमन्त्रीले फाइल खोल्ने भनेपछि विपक्षी एक मुख लागे

Finance Ministry_-199

विश्वकप फुटबलः को कति सफल ? कसले कति खेले, कति जिते ?

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाल–भारत सीमा क्षेत्र सुस्तामा बिहानैदेखि तनाव

713308110_1389978686494718_5103644594415436128_n

बागमती प्रदेशका आधा दर्जन जिल्लामा वर्षा, आज कहाँ कहाँ पर्छ पानी ?

mausam-2075-12-18-768x388

फास्ट ट्रयाक निर्माण कछुवा गतिमा ,अर्थमन्त्रीले घटाइदिए बजेट

swarnim wagle

किन डुब्यो हेटौँडा सिमेन्ट ? बालेन सरकारले कसरीे बचाउला ?

Current situation of Hetauda Ciment factory at Hetauda. Photo: Prakash Chandra Timilsena/Nepal Photo Laibrary

निजामती सेवामा ५५ वर्षे उमेर हद र ३० वर्षे सेवा अवधि ?

nijamati

सम्बन्धित समाचार

Scroll to Top