गाउँपालिकाका सबै नागरिकलाई निःशुल्क स्वास्थ्य बीमा

२९ साउन ७८, शनिबार

३० साउन, वालिङ ।

स्याङ्जाको कालीगण्डकी गाउँपालिकाले नागरिकलाई निःशुल्क स्वास्थ्य बीमा गरिदिन शुरु गरेको छ ।

गाउँपालिकाको गत असारमा सम्पन्न नवौँ गाउँसभाले ‘समृद्ध गाउँपालिका–सुखी नागरिक’ अभियानअन्तर्गत गाउँपालिकाका सबै नागरिकलाई स्वास्थ्य बीमामा जोड्ने निर्णय गरेसँगै कार्यान्वयनतर्फ लागिएको गाउँपालिकाका अध्यक्ष खिमबहादुर थापाले बताए। “शुरुआतमा दलित, विपन्न, एकल महिला, अल्पसङ्ख्यकलाई प्राथमिकता दिएर क्रमशः सबै नागरिकलाई निशुल्क स्वास्थ्य बीमामा समेटेका छौँ”, अध्यक्ष थापाले भने, “गाउँसभाबाट नीति तथा कार्यक्रम पारित भएसँगै रु एक करोड ५० लाख विनियोजन गरिएको छ ।”

गाउँपालिकाभित्रका कोही पनि नागरिकलाई स्वास्थ्यको पहुँचबाट वञ्चित हुन नपरोस् भन्ने र समय–समयमा स्वास्थ्य परीक्षण गर्न तथा बिरामी पर्दा सहजरुपमा उपचार गर्न सकुन् भन्ने गाउँपालिकाको मुख्य उद्देश्य रहेको अध्यक्ष थापाले बताए । उक्त कार्यक्रमका लागि झण्डै रु दुई करोड लाग्ने अनुमान गाउँपालिकाको छ । रु एक करोड ५० लाख विनियोजन गरिए पनि रु ५० लाख जति रकम अभाव हुनसक्ने देखिएकाले थप गरिने अध्यक्ष थापाले बताए।

स्वास्थ्यको पहुँच सबै नागरिकसमक्ष पु¥याउँदै स्वस्थ नागरिकसहितको समृद्ध गाउँपालिका बनाउने लक्ष्य प्राप्तिका लागि यस अभियानमार्फत सहजता हुने अध्यक्ष थापाले बताए । एउटा परिवारमा एकदेखि दश जनासम्म रहेका छन् । गाउँपालिकाले यो अभियान कार्यान्वयनमा ल्याएसँगै हालसम्म एक हजार ५१४ घरधुरीका सात हजार बढी सङ्ख्या लाभान्वित भइसकेका स्वास्थ्य शाखाका प्रमुख खड्का थापाले बताए । गाउँपालिकाका चार हजार ७०० घरधुरीका २२ हजार ७३५ लाई सेवा उपलब्ध गराइने भएको छ । आगामी असोज महिनासम्ममा यो अभियानलाई हरेक नागरिकसम्म पु¥याई सकिने शाखा प्रमुख थापाले बताए ।

फुटबल खेलाडी शान्तालाई सहयोग हस्तान्तरण

आर्थिक अवस्था कमजोर भएकी फुटबल खेलाडी शान्ता नेपालीलाई शुक्रबार आर्थिक सहयोग गरिएको छ । नेप्लेज मिडियाको पहलमा स्वदेश तथा विदेशमा रहेका विभिन्न सङ्घ संस्था तथा ब्यक्तिहरुको सहयोगमा सङ्कलित रु दुई लाख ५९ हजार शान्ता नेपालीलाई हस्तान्तरण गरिएको हो ।

वालिङ नगरपालिका–८ मा डेरामा बस्दै आएकी शान्ताको जग्गा जमिन नभएको र परिवारको आर्थिक स्थिति कमजोर भएपछि नेप्लेज मिडियाको पहलमा सङ्कलन गरिएको रकम वालिङ नगर प्रमुख दिलीपप्रताप खाँणले हस्तान्तरण गरेका हुन् । घरबारबिहीन शान्ताको परिवारलाई वालिङ नगरपालिकाले घर निर्माणका लागि करिब पाँच आना घडेरी खरिद गरिसकेको नगरप्रमुख खाँणले बताए ।

“खेल क्षेत्रमा गरिएको खर्च खर्च नभई लगानी हो”, प्रमुख खाँणले भने, “यसले तत्कालभन्दा पनि केही समयपछि मात्रै उपलब्धी दिने गर्छ ।” खेलाडी तथा उसको परिवारका लागि आवश्यक सहयोग गर्न नगरपालिका सदैब तत्पर रहेको बताउनुहुँदै नगर प्रमुख खाँणले खेलाडीलाई जीवनयापनका लागि रोजगारीको अवसर र रु एक लाखसम्मको निःशुल्क स्वास्थ्य बीमाको व्यवस्थापन गरिदिने उल्लेख गरे ।

“नगरपालिकाबाट खेल क्षेत्र तथा खेलाडीको क्षमता विकास तथा आवश्यक सहयोगका लागि पटक पटक रकम विनियोजन ग¥यौँ”, नगर प्रमुख खाँणले भने, “तर नगरले विनियोजन गरेको रकम खर्च हुन नसक्नु दुःखद् हो ।” आर्थिक अभावका कारण ज्याला मजदूरी गर्नुपर्ने बाध्यताका कारण दैनिक फुटबल प्रशिक्षणमा सहभागी हुन समस्या भइरहेको प्रशिक्षक दिलीप थापाले बताए। शान्ता फुटबल खेलप्रति अत्यन्तै रुचि राख्ने खेलाडी र राम्रो खेल खेल्दै आइरहेको तर घरायसी समस्याले खेल क्षेत्रबाट उदाउँदो खेलाडी गुमाउन नपरोस् भन्ने उद्देश्यले नगर प्रमुखसमक्ष गरेको अनुरोधको सुनुवाइ भएको प्रशिक्षक थापाले बताए ।

“मलाई खेल खेल्न र अझै प्रशिक्षण लिएर राष्ट्रिय टिमबाट खेल प्रदर्शन गर्न इच्छा छ”, खेलाडी शान्ताले भनिन्, “आगामी दिनमा अझै जिम्मेवारी थपिएर गएको छ र मेरो सपनालाई एकदिन पक्कै पनि साकार पारेर छोड्ने छु ।” शान्ता महिला राष्ट्रिय लिगमा वालिङ नगरपालिकाको टिमबाट प्रतियोगितामा सहभागी अग्रपङ्क्तिकी खेलाडी हुन् । विभिन्न राष्ट्रिय खेलमा उनी सहभागी हुँदै आएकी छिन् ।

भर्खरको समाचार

भारतीय जहाजमाथि अमेरिकी आक्रमण, दिल्लीको कडा निन्दा

e9ef0914-ad9b-45c9-94dd-676849c05cab

करका दर हेरफेरमा उच्चस्तरीय छानविन समिति बनाउन सांसद्हरूको माग

Finance Ministry_-199

आजदेखि विश्व फुटबलको महाकुम्भ,उद्घाटन समारोह कस्तो हुनेछ ?

c7150379-e5cf-4a4d-bbfb-d4ba2b610e48

आज कहाँ–कहाँ पर्छ पानी? २ दिन भारी वर्षा हुने

mausam-2075-12-18-768x388

भोलिदेखि फिफा विश्वकपः यी हुन् हेर्नलायक १० खेलाडी

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाली जति विदेशमा, देशमा विदेशीको विगविगी

cefeb795-445c-4f1e-ae54-06be5823b52f

हनीट्रयाप प्रकरणमा फसाउने महिलामात्र कि फस्ने पुरुष पनि दोषी ?

Screenshot 2026-06-10 155503

दरबार हत्या काण्डको छानबिनमा तानिएलान् पूर्वराजा ज्ञानेन्द्र ?

Screenshot 2026-06-10 153959

अपाचेपछि ‘एमक्यू–९ रिपर’ ड्रोन खसालेको इरानको दाबी

d7732478-ea7c-49c3-8151-49c529adf0ea

‘बा’,‘ओली–नोमिक्स’,‘राजनेता’, ‘युग पुरुष’ हुँदै ओली आउटसम्म

KP_oli_GWvsFkDBBI

सम्बन्धित समाचार

Scroll to Top