पार्टीभित्रको गलत प्रवृत्तिविरुद्ध निरन्तर जुधिन्छ : नेपाल

३० साउन, काठमाडौं ।

Advertisement

नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले पार्टीभित्रको गलत प्रवृत्तिको विरुद्ध निरन्तर जुधिने बताएका छन्। शनिबार काठमाडौंमा आयोजित ‘कम्युनिस्ट आन्दोलन : अवसर र अवसरवाद’ नामक कार्यक्रममा बाेल्दै उनले त्यस्ता विरुद्ध सम्झौता नगर्ने प्रष्ट पारे।

कम्युनिस्ट आन्दोलनभित्र थुप्रै समस्याहरु रहेको उनले बताए। उनले भने,  ‘चुनौतिबिनाको कुनै पनि पार्टी छैन। तर नेपाल कम्युनिस्ट आन्दोलनको सामु निकै ठूलो सम्भावना छ। जनविश्वास अलिकति खस्किएको भएता पनि फेरि पनि मैदान खालि नै छ। त्यसैले समयमै हाम्रो आँखा खुल्नुपर्दछ ।’

Advertisement

उनले नेकपा एमालेलाई अवसर प्राप्त भएको भए पनि गुमाएको बताए। ‘के भयो मंगले, आफ्नै ढंगले भनेजस्तै भयो। अहंकार हाबी भयो। व्यक्तिवाद हाबी भयो। स्वार्थ हाबी भयो। धेरै खालका विकृति र विसंगति देखा परे। नीतिगत र कार्यशैलीमा देखा परे। व्यवहार र आचरणको तहमा देखा परे। यी सबै चिज नै समस्याको जड हो। यो समस्यासँग जुध्ने कि त्यसैको मुनि छिर्ने? प्रश्न त्यहाँ छ’, उनले भने।

उनले खराब प्रवृत्तिलाई सहयोग पुग्ने काम नगर्ने बताए। बरु त्यसका विरुद्धमा जुध्ने बताए।

Advertisement
Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top