आयोगले १२ हजार नयाँ शिक्षकको परीक्षा लिँदै

३१ साउन ७८, सोमबार

काठमाडौं : शिक्षक सेवा आयोग स्थायी दरबन्दीमा नयाँ नियुक्तिका लागि आयोगको परीक्षा सञ्चालन गर्ने तयारीमा जुटेको छ। छरछ महिनामा खुल्नुपर्ने आयोगको परीक्षा तीन वर्षयता खुलेको छैन। सोही कारण शिक्षण अनुमति अध्यापनपत्र लिएर बसेका सात लाख १७ हजार एक सय पाँच नयाँ जनशक्ति प्राथमिक तहदेखि माध्यमिक तहसम्म विद्यालय शिक्षण प्रवेश गर्नबाट रोकिएका छन्।

Advertisement

आयोगका पदाधिकारी नियुक्ति भएसँगै आयोगका अध्यक्ष मधुप्रसाद रेग्मीको प्रमुख दायित्व नयाँ शिक्षक स्थायी दरबन्दीमा विज्ञापन खुलाउनु रहेको छ। अध्यक्ष रेग्मीले आयोग एक वर्षयता पदाधिकारीविहीन अवस्थामा रहेकाले थुप्रै पुराना काम बाँकी रहेको कारण समग्र विद्यालय शिक्षालाई नै नकारात्मक असर परिरहेको बताउँछन्। शिक्षण अध्यापन अनुमतिपत्र लिएका थुप्रै जनशक्ति विद्यालयबाहिर छन् भने अर्कोतर्फ शिक्षा तथा मानव स्रोत विकास केन्द्रले उपलब्ध गराएको तथ्यांकअनुसार प्राथमिकदेखि माध्यमिक तहसम्म १२ हजार ६१ रिक्त दरबन्दीमा नयाँ स्थायी शिक्षक नियुक्ति भएका छैनन्।,याे समाचार नागरिक दैनिकमा छापिएकाे छ ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top