प्रदेश १ मा ६९२ जनामा कोरोना संक्रमण पुष्टि, २१ जनाको मृत्यु

३१ साउन ७८, सोमबार

३२ साउन, विराटनगर ।
प्रदेश १ मा पछिल्लो २४ घण्टामा ६९२ जनामा कोरोना संक्रमण देखिएको छ । १ हजार ५३४ जनाको पीसीआर परीक्षण गर्दा ४४९ र ८६२ जनाको एन्टिजेन परीक्षण गर्दा २४३ जनामा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार पीसीआर परीक्षणका आधारमा झापामा २११, सुनसरीमा ११५, मोरङमा ८९, धनकुटामा ११, इलाममा ९, भोजपुरमा ३, ताप्लेजुङमा २, पाँचथर, खोटाङ, उदयपुर, सोलुखुम्वु र संखुवासभामा १–१ र प्रदेश १ बाहिरका ४ जनामा संक्रमण देखिएको छ ।

झापाको विर्तामोडमा ४२, दमक र शिवसताक्षीमा २७–२७, अर्जुनधारामा २५, भद्रपुर र मेचीनगरमा २४–२४, कनकाईमा १६, बुद्धशान्तिमा १२, कचनकवल र बा¥हदशीमा ३–३, झापा गाउँपालिकामा २, गौरादह, हल्दिबारी र कमल गाउँपालिकामा १–१, सुनसरीको धरानमा ५५, इटहरीमा ४३, इनरुवा र बराहक्षेत्रमा ५–५, गढी र देवानगञ्जमा २–२, रामधुनी, भोक्राहा नरसिंह र दुहवीमा १–१, मोरङको विराटनगरमा ३४, पथरीशनिश्चरेमा २२, सुन्दरहरैचामा ९, उर्लाबारीमा ७, बुढीगंगामा ५, मिक्लाजुङ, बेलबारी, धनपालथान र रतुवामाईमा २–२, लेटाङ, ग्रामथान, रंगेली र स्थानीय तह नखुलेका १–१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

त्यस्तै धनकुटाको धनकुटा नगरपालिकामा ९, महालक्ष्मी र शहिदभूमीमा १–१, इलामको चुलाचुलीमा ३, इलाम नगरपालिका र सुर्योदयमा २–२, मांसेबुङ र माईमा १–१, भोजपुरको भोजपुर नगरपालिकामा २, साल्पासिलिछोमा १, ताप्लेजुङको फालेलुङ र स्थानीय तह नखुलेका १–१, पाँचथरको फाल्गुनन्द, खोटाङ, उदयपुरको चौदण्डीगढी, सोलुखुम्वुको नेचा सल्यान र संखुवासभाको पाँचखपनमा १–१ र प्रदेश १ बाहिरका ४ जनामा संक्रमण देखिएको मन्त्रालयले जनाएको छ ।

प्रदेश १ मा आज ४९३ जना कोरोना संक्रमणमुक्त भएका छन् । संक्रमणमुक्त हुनेमा २५८ महिला र २३५ पुरुष रहेका छन् । पछिल्लो २४ घण्टामा २१ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको छ । मृत्यु हुनेमा १२ महिला र ९ पुरुष रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

भर्खरको समाचार

भारतीय जहाजमाथि अमेरिकी आक्रमण, दिल्लीको कडा निन्दा

e9ef0914-ad9b-45c9-94dd-676849c05cab

करका दर हेरफेरमा उच्चस्तरीय छानविन समिति बनाउन सांसद्हरूको माग

Finance Ministry_-199

आजदेखि विश्व फुटबलको महाकुम्भ,उद्घाटन समारोह कस्तो हुनेछ ?

c7150379-e5cf-4a4d-bbfb-d4ba2b610e48

आज कहाँ–कहाँ पर्छ पानी? २ दिन भारी वर्षा हुने

mausam-2075-12-18-768x388

भोलिदेखि फिफा विश्वकपः यी हुन् हेर्नलायक १० खेलाडी

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाली जति विदेशमा, देशमा विदेशीको विगविगी

cefeb795-445c-4f1e-ae54-06be5823b52f

हनीट्रयाप प्रकरणमा फसाउने महिलामात्र कि फस्ने पुरुष पनि दोषी ?

Screenshot 2026-06-10 155503

दरबार हत्या काण्डको छानबिनमा तानिएलान् पूर्वराजा ज्ञानेन्द्र ?

Screenshot 2026-06-10 153959

अपाचेपछि ‘एमक्यू–९ रिपर’ ड्रोन खसालेको इरानको दाबी

d7732478-ea7c-49c3-8151-49c529adf0ea

‘बा’,‘ओली–नोमिक्स’,‘राजनेता’, ‘युग पुरुष’ हुँदै ओली आउटसम्म

KP_oli_GWvsFkDBBI

सम्बन्धित समाचार

Scroll to Top