व्याण्ड भर्सेस ब्राण्डका लागि प्रदेश १ सरकारले कोदो खेती गर्ने

३२ साउन, विराटनगर ।
प्रदेश १ की सामाजिक विकास मन्त्री उषाकला राईले व्याण्ड भर्सेस ब्राण्ड प्रदेश सरकारको गौरवको योजना भएको बताएकी छिन् । उनले सामाजिक विकास मन्त्रालयले व्याण्ड भर्सेस ब्राण्डको नेतृत्व गरेपनि यो प्रदेशको गौरवको योजना भएको बताइन् ।

सामाजिक विकास मन्त्रालयले नेपाली घरेलु मदिरा ब्रान्डीङ तथा बजारीकरणका लागि गठन गरेको व्याण्ड भर्सेस ब्राण्ड अवधारणा सम्भाव्यता अध्ययन कार्यदलले तयार गरेको प्रतिवेदन हस्तान्तरण कार्यक्रममा मन्त्री राईले सो कुरा बताएकी हुन् । उनले प्रदेश १ मा रहेको श्रोत साधनलाई परिचालन गरेर आम्दानी गर्न सकिने देखेरै व्याण्ड भर्सेस ब्राण्ड अबधारणा ल्याईएको बताइन् । कानूनी अड्चनहरुलाई हटाउँदै अवधारणालाई कार्यन्वयन गर्नुपर्ने मन्त्री राईले बताइन् ।

प्रतिवेदन ग्रहण गर्दै उनले भनिन,‘ समृद्धिको ढोका प्रदेश १ सरकारले खोल्यो ।’ प्रदेश सरकारले कोदो उत्पादन हुने स्थानको छनौट गरेर कोदो लगाउन शुरु गर्ने मन्त्री राईको भनाई छ । उनले बनमारा मासेर कोदो लगाईने बताइन् । मन्त्री राईले भनिन,‘ गाउँपाखामा रहेको बनमारा उखेलेर कोदो रोपीने छ ।’ सामाजिक विकास मन्त्री राईले नेपालको उत्पादनलाई छिमेकी देशहरु भारत र चीनमा लगेर बजारी गर्नुपर्ने बताइन् । उनले भनिन,‘विदेशीहरु नेपाली उत्पादन खोजेर बसेका छन् , हामी दिन सकिरहेका छैनौं ।’

व्याण्ड भर्सेस ब्राण्ड समाजवादको सुत्रधार समेत रहेको बताउँदै उनले सयौं योजनाहरु इसमा रहेको बताइन् । नेपाली घरेलु मदिराको उत्पादन शुरु भएपछि यो विश्वमा उत्पादित भन्दा सयौं गुणा राम्रो गुणस्तरको हुने उनको दावी छ । उनले गुणस्तरिय उत्पादनका लागि वैज्ञानिक, प्राविधिक, औद्योगिक क्षेत्र, कानुन विज्ञ लगायतको टिम निर्माण गरिने जानकारी दिइन् । कार्यदलका संयोजक तथा प्रदेश योजना आयोगका सदस्य डा. पूर्ण लोक्सोमले व्याण्ड भर्सेस ब्राण्ड बृहत अवधारणा भएको बताए । उनले १० जिल्लाका २२९ घरेलु मदिरा उत्पादकहरु, जनप्रतिनिधिलगायतसँग जानकारी संकलन गरेर प्रतिवेदन तयार गरिएको बताए ।

भर्खरको समाचार

निजामती सेवामा ५५ वर्षे उमेर हद र ३० वर्षे सेवा अवधि ?

nijamati

भारतीय जहाजमाथि अमेरिकी आक्रमण, दिल्लीको कडा निन्दा

e9ef0914-ad9b-45c9-94dd-676849c05cab

करका दर हेरफेरमा उच्चस्तरीय छानविन समिति बनाउन सांसद्हरूको माग

Finance Ministry_-199

आजदेखि विश्व फुटबलको महाकुम्भ,उद्घाटन समारोह कस्तो हुनेछ ?

c7150379-e5cf-4a4d-bbfb-d4ba2b610e48

आज कहाँ–कहाँ पर्छ पानी? २ दिन भारी वर्षा हुने

mausam-2075-12-18-768x388

भोलिदेखि फिफा विश्वकपः यी हुन् हेर्नलायक १० खेलाडी

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाली जति विदेशमा, देशमा विदेशीको विगविगी

cefeb795-445c-4f1e-ae54-06be5823b52f

हनीट्रयाप प्रकरणमा फसाउने महिलामात्र कि फस्ने पुरुष पनि दोषी ?

Screenshot 2026-06-10 155503

दरबार हत्या काण्डको छानबिनमा तानिएलान् पूर्वराजा ज्ञानेन्द्र ?

Screenshot 2026-06-10 153959

अपाचेपछि ‘एमक्यू–९ रिपर’ ड्रोन खसालेको इरानको दाबी

d7732478-ea7c-49c3-8151-49c529adf0ea

सम्बन्धित समाचार

Scroll to Top