जनैपूर्णिमामा पशुपतिमा भक्तजनको घुइँचो

५ भदौ ७८, आइतबार

६ भदौ, काठमाडौं ।

हरेक वर्ष श्रावण महिनाको शुक्ल पूर्णिमामा मनाइने जनै पूर्णिमा अर्थात् ऋषि तर्पणी आज जनै धारण गरेर, रक्षा बन्धन बाँधेर र क्वाँटी खाएर मनाइँदै छ ।

काठमाण्डौको पशुपतिनाथसहित देशभरका मन्दिरहरुमा आज जनै लगाउने र रक्षासुत्र बाँध्नका लागि भक्तजनहरुको भीड लागेको छ ।

आजकै दिन दिदीबहिनीले आफ्ना दाजुभाइलाई दीर्घायुको कामना गर्दै राखी बाँधिदिने र दाजुभाइले दिदीबहिनीलाई दक्षिणा दिने चलन छ ।

आजको दिन वैदिक सत्य सनातन हिन्दु धर्मावलम्बीहरुले नदी, तलाउ, पोखरी र मन्दिरमा गएर स्नान गरि ब्राह्मण पुरोहितसँग रक्षासूत्र बाँध्ने र वैदिक मन्त्रोसुक्तिले मन्त्रिएका जनै लगाउने चलन छ । यसरी वैदिक मन्त्रोच्चारण गरेका जनै र रक्षासुत्र बाँधेमा नकारात्मक प्रभाव नपर्ने विश्वास छ ।

आजको दिनमा बाँधिएको रक्षाबन्धन तिहारमा लक्ष्मी पूजाका दिन खोलेर गाईको पुच्छरमा बाँधे मनोकाङ्क्षा पूरा हुने धार्मिक विश्वास रही आएको छ ।

सत्ययुगमा दानवहरुद्वारा लखेटिएका देवताहरुलाई गुरु वृहस्पतिले रक्षा बन्धन तयार गरेर बचाएकाले देवताहरु अति बलवान भएको र दानवराज बलीलाई बाँध्न सफल भएको भन्ने शास्त्रोक्त कथन छ ।

त्यही कथनअनुरुप बलवान र दीर्घायुको कामना गर्दै वैदिक सत्य सनातन हिन्दु धर्मावलम्बीहरुले जनै पूर्णिमाका दिन जनै धारण गर्ने, रक्षासुत्र बाँध्ने र क्वाँटी खाने गर्दछन् ।

भर्खरको समाचार

फास्ट ट्रयाक निर्माण कछुवा गतिमा ,अर्थमन्त्रीले घटाइदिए बजेट

swarnim wagle

किन डुब्यो हेटौँडा सिमेन्ट ? बालेन सरकारले कसरीे बचाउला ?

Current situation of Hetauda Ciment factory at Hetauda. Photo: Prakash Chandra Timilsena/Nepal Photo Laibrary

निजामती सेवामा ५५ वर्षे उमेर हद र ३० वर्षे सेवा अवधि ?

nijamati

भारतीय जहाजमाथि अमेरिकी आक्रमण, दिल्लीको कडा निन्दा

e9ef0914-ad9b-45c9-94dd-676849c05cab

करका दर हेरफेरमा उच्चस्तरीय छानविन समिति बनाउन सांसद्हरूको माग

Finance Ministry_-199

आजदेखि विश्व फुटबलको महाकुम्भ,उद्घाटन समारोह कस्तो हुनेछ ?

c7150379-e5cf-4a4d-bbfb-d4ba2b610e48

आज कहाँ–कहाँ पर्छ पानी? २ दिन भारी वर्षा हुने

mausam-2075-12-18-768x388

भोलिदेखि फिफा विश्वकपः यी हुन् हेर्नलायक १० खेलाडी

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाली जति विदेशमा, देशमा विदेशीको विगविगी

cefeb795-445c-4f1e-ae54-06be5823b52f

हनीट्रयाप प्रकरणमा फसाउने महिलामात्र कि फस्ने पुरुष पनि दोषी ?

Screenshot 2026-06-10 155503

सम्बन्धित समाचार

Scroll to Top