×

NEPAL TIMES UPDATES

Playing
सिंहदरबार छिरे कलाकारःबालेन प्रधानमन्त्री, सुधन गृहमन्त्री बनेको वर्ष || Nepal Times
Apr 13, 2026
Playing
Watch Top50 News Of The Day || Chaitra-30-2082 || Nepal Times
Apr 13, 2026
Playing
कांग्रेसमा आ–आफ्नै ढम्फु बजाउँदै नेताहरू, राजेन्द्रले छाडे कांग्रेस || Nepal Times
Apr 13, 2026
Playing
८ करोड भाडा वक्यौता,बालेन सरकारले ताला ठोक्यो, धमलादेखि अखिलको कार्यालयसम्म || Nepal Times
Apr 13, 2026
Playing
Mossad New Chief Roman Gofman, जसलाई गुप्तचरको अनुभव छैन् || Nepal Times
Apr 13, 2026
Playing
पूर्वराजाको नयाँ वर्षको सन्देशः देश प्रयोगशाला भयो, अब बनोस् || Nepal Times
Apr 13, 2026
Playing
माधव नेपालविरुद्धको भ्रष्टाचार मुद्दाको छिनोफानो बुधबार || Nepal Times
Apr 13, 2026
Playing
पोप र Trumpबीच भनाभनःपोपले आलोचना गर्दा ट्रम्पले भने यस्ता धर्मगुरु चाहिदैन || Nepal Times
Apr 13, 2026
Playing
कस्तो रह्यो वर्ष २०८२ ? एउटा युगको त्रासदीपूर्ण अन्त्य || Nepal Times
Apr 13, 2026
Playing
जेठदेखि असारसम्म विश्वयु द्ध हुन् सक्ने सनसनीपूर्ण भविष्यवाणी || Nepal Times
Apr 13, 2026

वैवाहिक स्वर्णजयन्तीमा पोखरा बृद्धाश्रममा अक्षयकोष स्थापना

७ भाद्र २०७८

७ भदौ, गण्डकी ।
समाजका विपन्न एवम् असहाय जेष्ठनागरिको स्याहार सुसार तथा उपचारमा सहयोग पु¥याउने उदेश्यका साथ यहाँको एक जोडीले आफ्नो वैवाहिक स्वर्ण जयन्तीको अवसर पारेर पोखरा वृद्धाश्रममा अक्षयकोष स्थापना गरेका छन् ।

पोखरा महानगरपालिका वडा नं. ९ निवासी दीपक बाटाजु र श्रृजना बाटाजुले वैवाहिक स्वर्णजयन्तीको उपलक्ष्यमा स्व.बुबाआमा गोकुललाल र मानकुमारी बाटाजुको स्मृतिमा छ लाख ५१ हजार पाँच रुपैयाको अक्षयकोष स्थापना गरेका हुन् ।

Advertisement
Advertisement

पोखरा बृद्धाश्रममा आज आयोजित एक कार्यक्रमका बीच बाटाजु परिवारले उक्त रकम बराबरको चेक आश्रमका अध्यक्ष कुशुमकेशव पराजुलीलाई हस्तान्तरण गरे । कार्यक्रममा अक्षयकोषदाता बाटाजुले कोरोना कहरका कारण नेवार समुदायले परम्परागत रुपमा पोखरा बजारमा निकाल्दै आएको गाईजात्रा नाच यस बर्ष ननिकाले पनि आफुले सोही अवसर पारेर स्वर्गीय आमाबुबाको नाममा अक्षयकोष स्थापना गरेको जानकारी दिए ।

पोखरा बृद्धाश्रमद्धारा सञ्चालन गर्ने लक्ष्यका साथ स्थापित सो कोषको व्याजवाट आश्रममा आश्रित जेष्ठनागरिकलाई सहयोग पुग्ने विश्वास व्यक्त गर्दै उनले शुभकार्यमा अन्य फजुल खर्च गर्नु भन्दा आश्रममा सहयोग गर्दा आफुलाई आत्मसन्तुष्टि मिलेको धारणा राखे ।

पोखरा बृद्धाश्रमका अध्यक्ष कुसुमकेशव पराजुलीले दाताको सहयोगबाट सञ्चालित आश्रममा वृद्धवृद्धा एवम् सेवकसेविका सहित ५५ जना आश्रित छन् । विश्वव्यापी रुपमा फैलिएको कोरोना भाइरसको कारण आश्रम सञ्चालनसंगै आमाबुबालाई जोगाउन स्वास्थ्य मापदण्ड अपनाईएको बताए ।

बृद्धाश्रम सञ्चालनका लागि गण्डकी प्रदेश सरकार सामाजिक विकास मन्त्रालयबाट १२ लाख र स्वास्थ्य तथा जनसंख्या मन्त्रालयबाट २० लाख रुपैया आर्थिक सहयोग प्राप्त भएको बताउँदै उनले आश्रममा आश्रित छ जना जेष्ठनागरिक अहिलेसम्म पनि नागरिकता नपाउँदै राज्यले प्रदान गर्ने सामाजिक सुरक्षा भक्ताबाट समेत बन्चित रहेको बताए ।

Advertisement

अक्षयकोषदाता परिवारका सदस्य राजिव बाटाजुले आमाबुबाले आफ्नाे विवाहको ५० बर्ष पुगेको अवसरमा आश्रममा अक्षयकोष स्थापना गर्नुभएकोमा खुशी व्यक्त गर्दै आवश्यकता अनुसार आगामी दिनहरुमा आफ्नो तर्फबाट पनि सक्दो सहयोग गर्ने प्रतिवद्धता व्यक्त गरे । कार्यक्रममा अक्षयकोषदाता बाटाजुलाई बृद्धाश्रमको तर्फबाट दोसल्ला र सम्मानपत्रले सम्मान गरिएको थियो ।
रासस

भर्खरको समाचार

हजारौं गीत गाएर अस्थाइन् आशा भोसले

thumb

राष्ट्रपतिले किन रोकिरहेका छन् ओमप्रकाश अर्यालको नियुक्ति ?

823b3005-f7a7-4b8c-b72b-d383aa8b76fc

श्रम मन्त्री बर्खास्तमा परेपछि पत्नीले दिइन स्पष्टीकरण

Shram-Mantri-e1775540134843-768x509

अमेरिकी सेना आराम गरिरहेका छन्, इरानको हात ‘ट्रिगर’ मै छ

donald_trump

फेरि बढ्यो पेट्रोलियम पदार्थको भाउ, पेट्रोल लिटरको २१९

petrol-pump-india_AFP

रविले खोलेको सिंहदरबारको ढोका बालेनले थुनिदिए

singhdarbar

ओली र लेखक रिहा, पत्नीले लिए जिम्मा, ओलीले हिरासत अस्पतालमै कटाए

Sudhan Gurung Grihamantri_NPL (3)

सिंगापुर र हङकङमा देउवा, उपचार कि सम्पत्ति व्यवस्थापन ?

deuba-aarju

ओली–लेखकको हिरासत म्याद आज सकिँदै, रिहा होलान् ?

oli lekhak

आज हावाहुरीसहित वर्षा र हिमपात, ४ जिल्लामा चट्याङसहित वर्षा

Mausam

सम्बन्धित खबरहरु

Scroll to Top