मजदुरको तलब बृद्धिको निर्णयप्रति उद्योगीहरुको आपत्ति

विराटनगर,असार २५
मजदुरको तलब बृद्धिको निर्णय अवैज्ञानिक र आधारहीन रहेको सुनसरी मोरङका उद्योगिहरुले दाबी गरेका छन । काठमाण्डौलाई केन्द्रीत गरि गर्न लागिएको पारिश्रमिक बृद्धिको निर्णयले तराई क्षेत्रका उद्योगहरु धराशायी हुने उनीहरुको दाबी छ ।

न्युनतम पारिश्रमिक निर्धारण समितिले मजदुरको तलब १३ हजार ४ सय ५० कायम गर्न सरकारलाई सिफारिस गरेपछि सुनसरी–मोरङ औद्योगिक करीडोरका उद्योगी ब्यवसायी सम्बद्ध संस्थाहरुले विरोध जनाएका छन् । उद्योग संगठन मोरङको अगुवाईमा सोमबार आयोजित पत्रकार सम्मेलनमा बोल्ने उद्योग संगठन र मोरङ ब्यापार संघका पदाधिकारीले अवैज्ञानिक र हचुवाको भरमा पारिश्रमिक निर्धारण गरिएको दाबी गरेका छन् ।

यसअघि ९ हजार ७ सय रहेको पारिश्रमिक एकैपटक १३ हजार ४ सय पु¥याउदा उद्योग संचालकहरु मारमा पर्ने र उद्योग संचालन गर्न नसक्ने अवस्थाको सृजना हुने उद्योगिहरुको दाबी छ । उनिहरुले निर्णय लिने क्रममा सबभन्दा बढी उद्योग र श्रमिकहरु रहेको सुनसरी–मोरङ र बिरगंज पर्सा औधोगिक करीडोरमा भएका ब्यापारिक र औद्योगिक प्रतिनिधिलाई पाखा लगाइएको गुनासो समेत गरेका छन् ।

Advertisement

उद्योग संगठन मोरङका अध्यक्ष भीम घिमिरेले महंगी बृद्धिको सम्बन्धमा राष्ट्र बैंकले जारी गर्ने तथ्यांकमा समेत दुई बर्षयता साढे ८ प्रतिशत मात्र महंगी बृद्धि भएको अवस्थामा एकैचोटी अप्रत्याशित पारिश्रमिक बृद्धिले उद्योगहरु धराशायी हुने उनले बताए । उनले १३ हजार ४ सय ५० रुपैया पारिश्रमिक बृद्धि गरिए त्यो बिगतको भन्दा ३८ दशमलव ६६ प्रतिशत हुने र त्यसमा सामाजिक सुरक्षा,बोनस,दशैँबिदा र अन्य सुविधाहरु समेत जोडे ६० प्रतिशत बढी पारिश्रमिक बृद्धि हुने बताए । यसरी अप्रत्याशित गरिने बृद्धिले उद्योगहरु धराशायी हुने उनको दाबी छ ।

यसअघिका पारिश्रमिक बृद्धिको निर्णयमा मोरङ र बिरगंजका उद्योग सम्बद्ध पदाधिकारीलाई सहभागि गराउने गरिएपनि विगत दुई बर्षदेखि नेपाल उद्योग वाणिज्य महासंघले आफुहरुलाई जानकारी नै नदिई एकतर्फी निर्णय गर्ने गरेको उनको भनाई छ । महासंघको वर्तमान कार्यसमितिले उद्योगीको हित विपरीत एकतर्फी निर्णयमा सर्मथन जनाएको समेत उद्योगीहरुले आरोप लगाएका छन् ।

भर्खरको समाचार

३१ वर्षदेखि थन्किएको प्रतिवेदन कार्यान्वयन गर्ने सरकारको निर्णय

b5fc9095-b836-4ece-9599-342d56381717

student visa मा ’किर्ते’ धन्दा : कागजमा मात्रै कलेज र विद्यार्थी

Ballmiki-Campus

बीपी राजमार्गमा भयानक बस दुर्घटना, ठूलो हताहतीको आशंका

22a8a24f-68ca-4fea-b4f7-43597b6b85fc

अर्थमन्त्रीले फाइल खोल्ने भनेपछि विपक्षी एक मुख लागे

Finance Ministry_-199

विश्वकप फुटबलः को कति सफल ? कसले कति खेले, कति जिते ?

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाल–भारत सीमा क्षेत्र सुस्तामा बिहानैदेखि तनाव

713308110_1389978686494718_5103644594415436128_n

बागमती प्रदेशका आधा दर्जन जिल्लामा वर्षा, आज कहाँ कहाँ पर्छ पानी ?

mausam-2075-12-18-768x388

फास्ट ट्रयाक निर्माण कछुवा गतिमा ,अर्थमन्त्रीले घटाइदिए बजेट

swarnim wagle

किन डुब्यो हेटौँडा सिमेन्ट ? बालेन सरकारले कसरीे बचाउला ?

Current situation of Hetauda Ciment factory at Hetauda. Photo: Prakash Chandra Timilsena/Nepal Photo Laibrary

निजामती सेवामा ५५ वर्षे उमेर हद र ३० वर्षे सेवा अवधि ?

nijamati

सम्बन्धित समाचार

Scroll to Top